१३ प्रतिशत भ्याटविरुद्ध गुल्मीका व्यवसायीहरुले बुझाए सरकारलाई ज्ञापनपत्र
बुटवल– सरकारले साउन १ गतेदेखी लागू गर्ने गरि घोषणा गरेको ढुवानीमा १३ प्रतिशत भ्याट अव्यवहारिक भएको भन्दै गुल्मीका व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यान आर्कषण गराएका छन् ।
गुल्मी उद्योग वाणिज्य संघले नेपालको पहाडी र ग्रामीण क्षेत्रहरुको बारेमा अध्ययन, जनचेतनाको स्तर, वर्तमान यथार्थताको अध्ययन नै नगरी भिसिटिएस लागू गरेकाले त्यसलाई खारेज गर्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालमार्फत सरकारको ध्यान आकर्षण गराएका छन् ।
यस्तै व्यवसाय, प्रतिष्ठानहरुमा काम गर्ने कामदारहरुलाई एकहजार भन्दा माथिको तलबमा अनिवार्य प्यान नम्बर र बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था प्रभावकारी बन्न नसक्ने भन्दै खारेजीको मागसमेत गरेका छन् । यस्तै व्यवसायीहरुले साना र ठुला व्यावसायीहरुलाई एउटै क्याटवरीमा राखेर हेर्न पनि नहुने उनीहरुले बताएका छन् ।
यस्तै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई व्यवसायीहरु र मजदूरहरुलाई सहुलियत दरमा लगानी गर्नुपर्ने र उपचार, दुर्घटनामा बिमा झन्झट रकम उपलब्ध गराउनुपर्ने भन्दै सरकारको ध्यानआर्कषण गराएका हुन् ।
महांसघका महासचिव ताराप्रसाद भुसालले प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा वाचन गरि अध्यक्ष श्रीप्रसाद भलामीले बुझाएका थिए । ध्यानआर्कषणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले आजकै मितिमा सम्बन्धित स्थानमा जस्ताको तस्तै पठाउने र सरकारको ध्यान आकर्षण गराउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ
-
भन्सार छलीको कपडासहित ट्रयाक्टर र पिकअप प्रहरी नियन्त्रणमा
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे