भारतमा इन्जिनियरिङ अध्ययनका लागि २८ जनालाई छात्रवृत्ति
शनिबार, ०४ साउन २०७६, १६ : १७
जनकपुर–प्रदेश नम्बर २ सरकारको सिफारिसमा भारतको आन्ध्रप्रदेश काकिनाडा स्थित आदित्य एजुकेशनल इन्स्टिच्युसनले २८ जना छात्रालाई छात्रवृत्ति दिने भएको छ ।
इन्स्टिच्युसनले प्रदेश सरकारको सिफारिसमा बेटी पढाउ, बेटी बचाउ कार्यक्रमलाई सहयोग पुर्याउनका लागि १८ जना छात्रा तथा सहिद परिवारबाट १० जना छात्र–छात्रालाई इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिन लागेको हो ।
यस अन्तर्गत सिभिल, मेकानिकल, कम्प्युटर साइन्स, इन्फोेरमेशन टेक्नोलोजि, माइनिङ्ग, पेट्रोलियम, एग्रीकल्चर, इलेट्रिकल, इलेक्ट्रोनिकमा पूर्ण छात्रवृति दिने इन्ष्टिच्यूसनका डाइरेक्टर परमजित सिंहले जानकारी दिए ।
यस अन्तर्गत छात्रवृति पाउने छात्रछात्राहरुले छात्रावास, किताव खर्च , परीक्षा शुल्क र पोशाक शुल्क भने आफैले बेहोर्नु पर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने
-
सात जिल्लामा हात्तीपाइले औषधि खुवाइने
-
टोपबहादुर सहितका प्रतिवादीको निवेदनमाथि सुनुवाइ पूरा