बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाढी पीडित ३०० परिवारलाई नेविसंघको राहत

सोमबार, ०६ साउन २०७६, १७ : २८
सोमबार, ०६ साउन २०७६

काठमाडौं– साता अघि परेको अविरल वर्षापछि आएको वाढी तथा डुवानबाट प्रभावित भएकालाई नेपाल विद्यार्थी संघले सोमबार राहत वितरण गरेको छ । 

बीपी स्मृति दिवसको अवसरमा निवर्तमान महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा नेविसंघले राैतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ का ३०० प्रभावित परिवारलाई राहत वितरण गरेको हो । 

प्रभावित परिवारलाई चामल, तेल, पाल, लत्ताकपडा लगायतका सामान वितरण गरिएको नेविसंघका नेतासुशील भट्टले जानकारी दिए । 

राहत वितरण कार्यक्रममा रौतहट कााग्रेस सभापति कृष्ण यादव, सांसद देव प्रसाद तिमल्सिना, धनलाल ढोकर,  विद्यार्थी नेताहरु राम प्रसाद अधिकारी, बलदेव तिमल्सिना, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप