मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

शिखरले ३० प्रतिशत हकप्रद सेयर दिने

बुधबार, ०८ साउन २०७६, ११ : ५४
बुधबार, ०८ साउन २०७६

काठमाडौं–शिखर इन्सुरेन्सले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । 

कम्पनीले सो हकप्रद पारित गर्न प्रवन्धपत्रमा संसोधन गर्ने भनेको छ । सोको लागि साउन २८ गतेलाई साधारणसभा बोलाएको छ । सोही सभामा कम्पनीले ३० प्रतिशत हकप्रद निष्काशनको बिशेष प्रस्ताव लैजाने छ । 

कमपनीको हालको चुक्ता पुँजी एक अर्ब ५ करोड रुपैयाँ छ भने हकप्रद निष्काशनपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ३७ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले सञ्चालक समिति सात जन रहनेगरी प्रवन्धपत्र पनि संसोधन गर्ने जनाएको छ ।
साधारणसभा प्रयोजनका लागि साउन १५ गतेदेखि साधाण सभा नभएसम्मका लागि बुक क्लोज हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप