सिरिजमा श्रीलंकाको क्लिनस्वीप
एजेन्सी-बंगलादेशविरुद्ध तीन खेलको एकदिवसीय क्रिकेट सिरिजमा घरेलु टोली श्रीलंकाले क्लिनस्विप गरेको छ । कोलम्बोमा बुधबार अबेर सम्पन्न तेस्रो तथा अन्तिम खेलमा श्रीलंकाले बंगलादेशलाई एक सय २२ रनले हरायो ।
यससँगै श्रीलंकाले सिरिज ३–० ले जितेको छ । दुई सय ९५ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ३६ ओभरमा सवै विकेट गुमाएर एक सय ७२ रनमा समेटिएको थियो । बंगलादेशका लागि सौम्य सरकारले सर्वाधिक ६९ रन बनाए । ताइजुल स्लामले अविजित ३९ रन बनाए । ओपनर अनमुल हक १४ र मुस्फिकुर रहिमले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् । श्रीलंकाका लागि दासुन शनाकाले तीन विकेट लिए । कशुन रजिथा र लाहिरु कुमाराले दुई दुई विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ९४ रन बनाएको थियो । श्रीलंकाका लागि एन्जिलो म्याथ्युजले ८७ रन बनाए । कुशल मेन्डिसले ५४, कप्तान दिमुथ करुणारत्ने ४६, कुशल परेरा ४२ र दासुन शनाकाले ३० रन बनाए । बंगलादेशका शैफुल स्लाम र सौम्य सरकारले तीन तीन विकेट लिए । रुवेल हसन र ताइजुल स्लामले एक एक विकेट लिए । श्रीलंका पहिलो खेलमा ९१ रन र दोस्रो खेलमा सात विकेटले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारको नियन्त्रणमा
-
गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियारको नियन्त्रणमा
-
कांग्रेसले साउनदेखि नयाँ क्रियाशील सदस्यता बाँड्ने
-
विद्यालय कर्मचारी परिषद्ले गर्यो आन्दोलन स्थगित
-
आईपीएलमा खुम्चिँदै अलराउन्डरको भूमिका
-
राष्ट्रिय मुक्ति पार्टी र नेपाल जनमुक्ति पार्टीबिच कार्यगत एकता