केएलको तिज गीत ‘बनाऔं नयाँ जीवन संस्कृति’
बिहीबार, १६ साउन २०७६, १३ : १४
काठमाडौं– गीतसंगीत क्षेत्रमा तीज गीतको बाढी चलेको बेला नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष, गीतकार एवं चलचित्र निर्देशक केएल बुढाथोकीले शिष्ट र सन्देशमूलक तीज गीत ‘बनाऔं नयाँ जीवन संस्कृति’ सार्वजनिक गरेका छन् ।
गीतले स्वस्थ मनोरञ्जनका साथै मानवता, सद्भाव र सामाजिक रुपान्तरणको सन्देश दिएको छ । गीतमा प्रेमा गैरे, रिचा बुढाथोकी र अन्जु बस्नेत लगायतका कलाकारको नृत्य छ । पिपल चौतारामा खिचिएको नृत्यले भिडियोलाई निकै मौलिक र मोहक बनाएको छ ।
सञ्चारकर्मी बुढाथोकीकै शब्द र निर्देशन रहेको गीतका सन्तोष श्रेष्ठले संगीत दिएका छन् । रिचा बुढाथोकीको कोरियोग्राफी रहेको गीतको भिडियो छायाँकन कृष्ण जीएम र सम्पादन मेक ब.थापाले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारीका अध्यक्षका दाबेदार विश्वमणि थापाले उम्मेदवारी फिर्ता लिए
-
भाटभटेनीको एकीकृत कर प्रणालीमा पहुँच राखेको आरोपमा दुई जना पक्राउ
-
७२ घण्टाको अवधिमा अमेरिकामा समातिए ५३८ अवैध आप्रवासी
-
सुदूरपश्चिमको बरघर भलमन्सा ऐन चाँडै आउँछ : मुख्यमन्त्री शाह
-
सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु पछिको खुसीयाली, तस्बिरमा हेर्नुहोस्
-
यु–१९ महिला विश्वकप क्रिकेट : नेपालसँग मलेसिया पराजित