बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

संस्कृति इन्टरनेशनल स्कुलः प्रतिष्ठित आईपीसी अक्रेडिटेशन प्राप्त गर्ने दक्षिण एशियाकै पहिलो विद्यालय

बिहीबार, १६ साउन २०७६, १९ : ११
बिहीबार, १६ साउन २०७६

काठमाडौं– संस्कृति इन्टरनेशनल स्कुल प्रतिष्ठित फिल्डवर्क एजुकेशन युकेको पाठ्यक्रम शैली अन्तर्राष्ट्रिय प्राथमिक पाठ्यक्रम (आईपीसी) को आधिकारिक मान्यता प्राप्त गर्ने दक्षिण एशियाकै पहिलो विद्यालय बन्न सफल भएको छ । 

यो मान्यता फिल्डवर्क एजुकेशन युकेले त्यस्ता विद्यालयहरुलाई प्रदान गर्दछ जसले व्यक्तिगत सिकाईलाई प्रोत्सहान गर्न र स्पष्ट अध्ययन प्रक्रियामा केन्द्रित रहेर प्रत्येक विषयमा विशेष लक्ष्य हासिल गर्न विस्तृत, विषयगत, रचनात्मक पाठ्यक्रम अनुसरण गर्दछ । 

विश्वभरका ९२ वटा देशमा ७३० भन्दा बढि विद्यालयहरुले पालना गर्ने आईपीसीको आधिकारिक अक्रेडिटेशन हालसम्म १७ वटा विद्यालयले मात्र प्राप्त गरेका छन् र संस्कृति इन्टरनेशनल स्कुल ती १७ विद्यालय मध्यको एक हो । 

आईपीसी अक्रेडिटेशनका लागि विद्यालयले फिल्डवर्क एजुकेशनको कठिन आत्म–समिक्षा प्रक्रिया, अक्रेडिटशेन प्राप्त गर्न टोलीको भ्रमण र अध्ययनमा केन्द्रित र निरन्तर सुधारको बाह्य प्रस्तुतीलाई पार गर्नुपर्दछ ।  
संस्कृति इन्टरनेशनल स्कुलले अध्ययनलाई सुधार गर्न इन्टरनेशनल अर्ली इयर करिक्युलम (आईईवाईसी), इन्टरनेशनल प्राइमेरी करिक्युलम (आईपीसी), इन्टरनेशनल मिडल इयर करिक्युलम (आईएमवाईसी) का सर्वाेत्कृष्ट विधि  प्रयोग गरि राष्ट्रिय पाठ्यक्रमसँग सफल परिमार्जन गरिरहेको छ । 

यसको सहयोगले नै संस्कृति इन्टरनेशनल स्कुलले विद्यार्थीको नेतृत्वदयी क्षमता तथा बालबालिका केन्द्रित अध्ययनमार्फत परम्परागत शिक्षा प्रणालीलाई परिवर्तन गर्दै शिक्षाको गुणस्तरमा सुधार ल्याउने लक्ष्य लिएको छ ।

संस्कृति इन्टरनेशनल स्कुलका अध्यक्ष रञ्जीत आचार्यले भने, ‘हामी फिल्डवर्क एजुकेशन, युकेद्वारा प्रतिष्ठित आईपीसी अक्रेडिटेशन प्राप्त गर्न पाउँदा निकै प्रसन्न छौं । विश्वका १७ वटा आईपीसी युकेबाट मान्यता प्राप्त विद्यालय मध्ये एक हुन पाउनु नेपालमा हामी सबैका लागि गर्वको क्षण हो । संस्कृतिको लिडरसिप टिम र सम्पूर्ण शिक्षण कर्मचारीहरुले यो मान्यता प्राप्त गर्न अथक प्रयास गर्नुभएको छ ।  पहिलो दशकमै समग्र दक्षिण एशियामै यो मान्यता प्राप्त गर्ने पहिलो अन्तर्रा्ष्ट्रिय स्कुल बन्न पाउनु संस्कृतिका लागि निकै ठुलो उपलब्धी हो ।’

संस्कृति इन्टरनेशनल स्कुलकी निर्देशक दिप्ती आचार्यले भनिन्, ‘म अत्यन्तै खुसी छु र गर्व गर्दछु कि संस्कृतिलाई प्रतिष्ठित आईपीसी मान्यता प्रदान गरिएको छ । हामीले ५ वर्ष अगाडि चालेको यो कदम विद्यार्थीहरुका लागि मात्र नभएर शिक्षक र विद्यालयलाई समेत लाभ भएको छ । हाम्रा दैनिक अवरोध र चुनौतीहरुको बावजुद, संस्कृति नेपालको विद्यालय भए तापनि विश्वस्तरीय शिक्षा प्रदान गर्न सफल भएको छ ।’

फिल्डवर्क एजुकेशन, युकेका डिभिजनल निर्देशक ग्रेगरी बिग्सले संस्कृति इन्टरनेशनल स्कुलले नेपालमा कायम गरेको गुणस्तर देखेर निकै खुसी लागेको बताए । उनले आफ्नो टोलीको कठिन प्रक्रिया पालना गर्दै उच्च स्तरीय मूल्यांकन प्रक्रियाबाट अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको पनि बताए । 

संस्कृतिले संकाय र व्यवस्थापनमा पूर्ण नेपाली टोलीका साथ आईपीसी युकेले निर्धारित गरेको सबै मापदण्डहरुमा उत्कृष्ट ठहर हुदैँ यो अक्रेडिटेशन प्राप्त गरेको हो । संस्कृति इन्टरनेशनल स्कुलले नेपाल सरकार शिक्षा मन्त्रालयले तोकेको पाठ्यक्रममा आईपीसीको सीप रचनात्मक ढंगबाट लागू गरेको छ । 

संस्कृति इन्टरनेशनल स्कुल 

संस्कृति इन्टरनेशनल स्कुल स्वायत्त निजी संस्था हो जुन नेपालको परम्परागत शैक्षिक प्रणालीलाई परिवर्तन गर्दै शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्न समर्पित रहेको छ । यसको उद्देश्य भनेको द्रुत गतिमा परिर्वतन भइरहेको विश्कमा केही भिन्न गर्न प्रयासरत असाधारण सञ्जालको हिस्सा भएका महिला र पुरुषमा नेतृत्वदयी गुण र अखण्डता विकास गर्नु हो । संस्कृति इन्टरनेशनल स्कुलले बालबालिका केन्द्रित अध्ययन र उनीहरुको सर्वांगीण विकासलाई महत्व दिदैँ शिक्षाको गुणस्तरमा सुधार ल्याउने लक्ष्य लिएको छ । 

फिल्डवर्क एजुकेशन 

फिल्डवर्क एजुकेशन सन् १९८४ मा दुईजना मुख्य शिक्षकले अध्ययनमा सुधार गर्ने दृष्टिकोणले स्थापना गरेका हुन् । यो विश्वमै सबैभन्दा त्रीव गतिमा वृद्धि हुने आत्मनिर्भर प्राथमिक पाठ्यक्रम बनेको छ । फिल्डवर्क एजुकेशन विद्यालयलाई व्यावहारिक, पहुँचयोग्य तथा जार्गन–फ्रि बनाएर उत्कृष्टि अभियास र अनुसन्धानमा मद्दत पुर्याउन स्थापना गरिएको हो । हाल, फिल्डवर्क एजुकेशनमा विश्वका ९८ देशहरुका १५ हजार भन्दा बढि शिक्षक र २ हजार भन्दा बढि विद्यालयहरु आवद्ध रहेका छन् ।

आईपीसी 

आईपीसी एक विस्तृत, विषयगत, रचनात्मक पाठ्यक्रम हो जसले स्पष्ट अध्ययन प्रक्रियामा केन्द्रित रहेर प्रत्येक विषयमा विशेष लक्ष्य हासिल गर्न मद्दत गर्दछ । आईपीसी ५ देखि ११ वर्ष उमेरका विद्यार्थीहरुका लागि उपयुक्त छ जसलाई विश्वभरका ९२ देशका ७३० भन्दा बढि विद्यालयहरुले प्रयोग गर्दछ । यसले दिमाखलाई अन्तर्रा्ष्ट्रियस्तरमा विकास गर्दै व्यक्तिगत शिक्षालाई प्रत्सोहान गर्दछ । आईपीसीले अभिभावकहरुलाई सिकाईमा संलग्न गर्दै कक्षाकोठा र घरमा सिक्ने प्रासंगिकता बुझ्न सहयोग गर्दछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप