भारत र पाकिस्तानलाई संयमता अप्नाउन चीनको आह्वान

एजेन्सी-चीनले भारत र पाकिस्तानलाई संयमता अप्नाउन आह्वान गरेको छ । भारतले आफ्नो संविधानको धारा ३७० खारेज गरी जम्मु काश्मिरलाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरेको भोलिपल्ट चीनको सो प्रतिक्रिया आएको हो । चीनले दुवै देशलाई यथास्थितिलाई परिवर्तन गर्ने दिशामा नजान पनि आग्रह गरेको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंगले भनेकी छिन्, ‘चीन जम्मु काश्मिरको पछिल्लो स्थितिप्रति निकै गम्भीर रुपमा चिन्तित भएको छ । कश्मिरको मुद्धाप्रति चीनको धारणा स्पष्ट छ । त्यहाँ अन्तर्राष्टिय सहमति पनि छ कि काश्मिरको मुद्धा भनेको भारत र पाकिस्तानले विगतबाट सिकेको पाठ पनि हो । सम्बन्धित पक्षले संयमता अप्नाउन र विवेकपूर्ण ढंगबाट प्रस्तुत हुन जरुरी छ ।’
चीनले भनेको छ, ‘हामी भारत र पाकिस्ता दुबै पक्षलाई कुराकानी र परामर्शमार्फत शान्तिपूर्ण रुपमा विवादहरुको समाधान गर्न र यस क्षेत्रमा शान्ति र स्थायित्व जोगाउन आग्रह गर्छौ ।’ Image: fmprc.gov.cn
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको पलेँटी र राप्रपाको बहिस्कार : माओवादी र एकीकृत समाजवादीले मागे निजामती विधेयक
-
२०६४ साल यताका १४ जना गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ : प्रमुख सचेतक शाही
-
रास्वपाले कांग्रेसका वडाध्यक्षले आफ्नो नेतालाई कुटेको विषय संसदमा उठायो
-
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस
-
मस्कको स्टारसिप-३६ रकेट विस्फोट
-
मन्त्री सिंह नेतृत्वको टोलीद्वारा बागमती करिडोरको अनुगमन