बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जडीबुटी : आर्थिक समृद्धिको आधार

शुक्रबार, ३१ साउन २०७६, ११ : १५
शुक्रबार, ३१ साउन २०७६

नेपाल जडीबुटीको प्राकृति स्रोत साधनको धनी देशका रूपमा चिनिन्छ । जुन मुुलुकले आफ्नो उन्नतिका लागि आफ्नै स्रोत साधनमा आश्रित हुन्छन्, त्यो मुलुकमा वास्तविक र दिगो विकासको सुनिश्चितता हुन्छ । यस दृष्टिकोणबाट हेर्ने हो भने नेपालको विकास आधार भनेको जलसम्पदा, जडीबुटीको विकास, कृषि तथा पर्यटन नै हुन् । यिनै चारै आधार स्तम्भमा नेपाल राष्ट्रको वैभव एवं समृद्धिको अस्थित्व खोजिनु पर्छ । यसमध्ये सबभन्दा महत्त्वपूर्ण जडीबुटी सम्पदा पर्छ ।

प्रकृतिले हामीलाई यति धेरै सम्पन्न वनाएको छ । तर हामीले यसको प्रयोग पूर्णरूपले गर्न सकेको छैनौँ भने अर्कोतर्पm हाम्रा भीरपाखा पहाडहरूमा रहेको जडीबुटी स्याउला र सोत्तरका रूपमा खेर गइरहेको छ । कुड्की, अलैँची, अदुवा, लसुन, चिरइतो, यार्सागुम्बा, पाखनवेद, सुगन्धवात, पाँचऔँले, अस्वगन्धा, लौठसल्ला, हर्रो, बर्रो, अमला, बोजो जस्ता हजारौँ औषधीय महत्त्वपूर्ण खाद्य वस्तु नेपालमा उत्पादन हुन्छन् तर यसको बजारीकरण गर्न सकेका छैनौँ ।

यसरी नेपाल जडीबुटीको अपार प्राकृतिक स्रोत र साधनको देश हो । जडीबुटी विशेष गरेर हिमाली, पहाडी र तराईं क्षेत्रमा जडीबुटी तथा विभिन्न वनस्पति पैदावारको प्रचुर सम्भावना देखिन्छ । यसको सही र समुचित ढङ्गले सदुपयोग गर्न सकेमा मात्र यो आर्थिक समृद्धिको आधार बन्न सक्छ । देशमा छरिएर रहेका विभिन्न औषधि एवं सुगन्धित जडीबुटी सङ्कलन गर्न सकिन्छ । विदेशी बजारमा निकासी गरी वैदेशिक मुद्रा आर्जन, रोजगारी सिर्जना, राजस्वमा ठूलो वृद्धि हुने देखिन्छ । त्यसैले नेपालमा उपलब्ध हुने जडीबुटीलाई समुचित रूपमा सङ्कलन र व्यावसायिक रूपमा उपयोगी हुनसक्ने र जडीबुटीलाई खेतीयोग्यका रूपमा लिन सकिन्छ । यसतर्पm सरकारको ध्यान जानु जरुरी छ ।

नेपालमा हाल सात सय प्रजातिका जडीबुटीको पहिचान भएको छ । औषधि विभागका अनुसार औषधिको रूपमा प्रयोग हुने जडीबुटी सबभन्दा बढी कर्णाली क्षेत्रमा उत्पादन हुने गरेको पाइन्छ । कर्णाली क्षेत्रमा हावापानी तथा जलवायु राम्रो र मानवीय चाप पनि कम हुने भएकाले धेरै मात्रामा जडीबुटीको उत्पादन हुने गरेको देखिन्छ । यसरी कर्णाली प्रदेशमा धेरै जडीबुटीको सम्भावना छ तर बजारको अभावले उत्पादनमा कमी देखिएको छ । तराईमा उत्पादन हुने मुख्य जडीबुटीमा मेन्या, केमोमाई, सिन्ट्रोनेला, कुरिलो, सर्पगन्धा हुन भने पहाडी भागमा चिराइतो, रिठ्ठा, टिम्मुर, तेजपात, दालचिनी, सुगन्धपात आदिको व्यावसायिक रूपमा खेती भएको छ । यस्तै अन्य क्षेत्रमा जटामसी, कुड्की, अलिस, पद्यमचाल आदि रहेका छन् ।

*****

वन विभागले दिएको तथ्याङ्कअनुसार नेपालमा हाल वार्षिक ४ हजार ८ सय ३५ मेट्रिक टन जडीबुटी उत्पादन हुँदै आएको देखिन्छ । यसरी नेपाल जडीबुटी नै जडीबुटी भएको देश हो । गरिब तथा निम्न आय भएका जनतालाई जडीबुटी व्यवसायमा आश्रित गराई उनीहरुमा लाभ पुर्याउन सकिन्छ ।

*****

यसरी नेपालमा वार्षिक ८० हजार टनभन्दा बढी जडीबुटी हुने गर्छ । त्यसको ९० प्रतिशत निर्यात हुने गर्छ । यसमा पनि नेपाल उत्पादन हुने जडीबुटीमध्ये छिमेकी मुलुक भारत र चीनमा धेरै निकासी हुने देखिन्छ । जडीबुटीको मुख्य बजार भनेको ६० प्रतिशत उत्पादन चीनमा निर्यात हुँदै आएको छ । जडीबुटीबाट प्रशोधित सुगन्धित तेल फ्रान्स, जर्मनी, इटालीलगायत देशमा जाने गरको छ । नेपालमा आयुर्वेदिक औषधिका कम्पनीहरु कम  भएका कारण नेपालका उद्योगहरु उत्पादन हुने जडीबुटी भरमग्दुर प्रयोग हुन सकेको छैन । वन विभागले दिएको तथ्याङ्कअनुसार नेपालमा हाल वार्षिक ४ हजार ८ सय ३५ मेट्रिक टन जडीबुटी उत्पादन हुँदै आएको देखिन्छ । यसरी नेपाल जडीबुटी नै जडीबुटी भएको देश हो । गरिब तथा निम्न आय भएका जनतालाई जडीबुटी व्यवसायमा आश्रित गराई उनीहरुमा लाभ पुर्याउन सकिन्छ । नेपाल एक प्रकृतिक सुन्दरताले भरिपूर्ण देश भएकाले धेरै प्रकारका जडीबुटी पाइन्छन् । जडीबुटीको माध्यमबाट नै वैदेशिक मुद्रा आर्जन गरी आर्थिक रूपले मुलुकलाई बलियो बनाउन सकिन्छ ।

नेपाल जैविक विविधताको धनी देशका रूपमा विशिष्ट पहिचान बोकेकाले यहाँका हिमाली क्षेत्र तथा पहाडी भागमा पाइने जडीबुटी तथा सुगन्धित बोटबिरुवाहरु महत्त्वपूर्ण रहेका छन् । नेपालमा २ हजारभन्दा बढी बहुमल्य जडीबुटीहरु प्रशस्त तेलजन्य वनस्पती रहेका छन् । जुन ग्रामीण जनताको स्वास्थ्यका साथै उनीहरुको जीविकोपार्जनका लागि महत्त्वपूर्ण रूपमा मानिन्छ । प्राकृतिक स्रोत मात्र भएर हुँदैन यसका दिगो उपयोग तथा आर्थिक सामाजिक समृद्धिमा परिचालन गर्नेतर्पm दीर्घकालीन सोचको व्यवस्था सरकारले गर्नु आवश्वक छ । यसरी नेपालमा उच्च औषधीय गुण भएका असङ्ख्य जडीबुटी भए  पनि सो प्रयोगमा फाइदा लिन सकेका छैनौँ ।

नेपालको हिमाली क्षेत्रमा पाइने वनस्पतिमा औषधीय गुण अत्यधिक रूपमा पाइने हँुदा जडीबुटी तथा सुगन्धित तेलको अन्तर्राष्ट्रिय बजारमा बढदो माग रहेको छ । नेपालको वैदेशिक व्यापार घाटा डरलाग्दो रूपमा चुलिँदै गएको अवस्थामा जडीबुटीले अन्तराष्ट्रिय बजार  पाउनु नेपालका लागि राम्रो पक्ष हो । तर आज विदेश निकासका लागि ठिक्क पारिएको मूल्यवान जडीबुटी क्वारेन्टाइन जाँचको नाममा निक्कै समयदेखि विभिन्न नाकाहरुमा थुप्रिएका छन् । वन मन्त्रालयले त्यसको सङ्कलन, ओसार, पसार र निकासीमा रोक लगाएपछि नेपालगञ्ज, वीरगञ्ज, महेन्द्रनगर, भैरहवा, कैलाली, काँकडभित्ता अदिमा निकासी रोकिएको छ । यसरी नेपालको हिमाली तथा पहाडी भूभाग जडीबुटीको भण्डार रूपमा रहेको छ ।

यस भेगमा रहेका नेपाली नागरिकहरु जडीबुटीको सङ्कलन, उत्पादन, भण्डारण, बिक्री वितरण कार्यमा संलग्न भई प्रत्यक्ष रूपमा रोजगारी पनि पाएका छन् । तर नेपालमै उत्पादित र सङ्कलित सबै जडीबुटी क्वारेन्टाइन सम्बन्धी व्यवस्थाका कारणले जडीबुटी निकासी अवरोध उत्पन्न भएको छ भने अर्कोतर्पm जडीबुटी यतिकै खेर गई नोक्सानी हुने र अर्कोतर्पm नेपालीहरु रोजगारीको अवस्थाबाट वञ्चित हुने अवस्था सिर्जना भएको छ । यसैले सङ्घीय संसदमा प्रतिपक्षी दल नेपाली काँग्रेसले क्वारेन्टाइनको उचित प्रवन्ध गर्दै जडीबुटीको उचित निकासीलाई सहज बनाउन र सरकारको ध्यानकर्षण गर्न जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ । यस बारेमा सदनमा छलफल हुन अति आवश्यक छ । क्वारेन्टाइन जाँचको नाममा नाकाहरुमा जडीबुटी रोकिँदा यसबाट देशले प्राप्त गर्ने आर्थिक लाभबाट वञ्चित हुने अवस्था छ । त्यसैले जडीबुटी आर्थिक समृद्धिको आधार हो । यसको उपयोग, वितरण र पैठारी गर्न सरकारले विशेष ध्यान दिन आवश्यक छ ।

(लेखक नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. डिला संग्रौला (पन्त)
डा. डिला संग्रौला (पन्त)
लेखकबाट थप