आर्चरको बलिङले मैदानमै ढले स्मिथ
शनिबार, ३२ साउन २०७६, २३ : १०
एजेन्सी-अस्ट्रेलिया र इङ्ल्यान्डबीचको एसेज सिरिज अन्तर्गत दोस्रो टेस्टको चौथो दिनको खेलमा बलले टाउकोमा लागेपछि अस्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथ मैदानमै ढलेका छन् ।
शनिबार टेस्टको दोस्रो इनिङमा ब्याटिङ गर्ने क्रममा अस्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथलाई इङ्ल्यान्डका पेस बलर जोफ्रा आर्चरको बलिङ बाउन्स हुँदै टाउकोमा लागेको थियो । लर्ड मैदानमा ८० रन बनाउँदै शतकको नजिक पुगेका स्मिथलाई ७७औं ओबरमा आर्चरले गरेको बलिङले टाउकोको दायाँतर्फ लागेको हो ।
आर्चरको ९२.४ माइल प्रतिघन्टाको गतिको उक्त बलले लागेर स्मिथ ढलेका थिए । ढलेको केहि समयपछि उठ्न सकेका स्मिथ खेल जारी राख्न चाहन्थे । तर फिजियोको सल्लाहमा उनले मैदान छाडेका थिए ।
स्मिथले मैदान छाड्दा दर्शकले उनलाई ताली बजाएर सम्मान गरेका थिए । तत्काल स्मिथको स्थानमा पिटर सिडल ब्याटिङ गर्न आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु