गोङ्गबुमा कार्यरत चार प्रहरी जवान घुस लिएको आरोपमा पक्राउ
सोमबार, ०२ भदौ २०७६, २१ : ३०
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु एक लाख घुस लिएको आरोपमा महानगरीय ट्राफिक प्रहरी कार्यालय, गोङ्गबुमा कार्यरत चार प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटना सिफारिस दिएबापत सेवाग्रहीसँग घुस लिने प्रहरी जवानहरु देवेन्द्र बलायर, आकाश खनाल, निरज भण्डारी र हिटलर साउदलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
अनुसन्धानका क्रममा प्रहरी जवान खनाल र भण्डारी घुस लिने कार्यमा प्रत्यक्ष संलग्न रहेको नदेखिएकाले हाल उनीहरुलाई मुद्दा नचलाई साक्षीका रुपमा राखिएको आयोगले जनाएको छ ।
प्रहरी जवान बलायर र साउदलाई जनही रु एक÷एक लाख बिगो माग गर्दै आजै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभामा तहगत अन्तरसम्बन्ध र समन्वय अध्ययन प्रतिवेदन पेस
-
एफटीएक्स घोटालामा बैंकम्यान–फ्राइडलाई २५ वर्षको जेल सजाय
-
उद्योगी व्यवसायीहरूले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी छ : अध्यक्ष ढकाल
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु
-
अर्बौं रकम लगानी गरेका मेडिकल कलेज सञ्चालक यसकारण २०८५ साल पर्खिन बाध्य