शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको स्वास्थ्य : मिर्गौलाको कार्यक्षमतामा ह्रास

मङ्गलबार, ०३ भदौ २०७६, ०६ : २८
मङ्गलबार, ०३ भदौ २०७६

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो शनिबार पुनः सिंगार जाँदै छन् । १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा ‘क्रिएटिनिन’को स्तर बढेको छ । 

‘क्रिएटिनिन’ बढ्नुको अर्थ मिर्गौलाको कार्यक्षमतामा ह्रास आउनु हो ।

सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षणपछि चिकित्सकको सुझावअनुसार थप फलोअपका लागि प्रधानमन्त्री ओली गत साउन १८ गते सिंगापुर गएका थिए । यो समाचार कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप