शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘अमेरिकी हतियार ताइवानमा बिक्री गर्दा गम्भीर नतिजा निम्तन्छ’

बुधबार, ०४ भदौ २०७६, १३ : ११
बुधबार, ०४ भदौ २०७६

ग्लोबल टाइम्स । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ताइवानलाई ८ अर्ब अमेरिकी डलर बराबरको एफ–१६ लडाकु विमान बिक्री गर्ने निर्णय गरेका छन् । ताइवानलाई ६६ वटा लडाकु विमान बिक्री गर्ने ट्रम्पको उक्त निर्णय अमेरिकी कांग्रेसले सहजरुपमा पारित गर्ने विश्वास गरिएको छ ।
 
पछिल्ला वर्षमा अमेरिकाले एकै देशलाई यति धेरै हतियार बिक्री गर्न लागेको यो नै पहिलो हो । सन् १९९२ मा बुस प्रशासनले ६ अर्ब बराबरको १५०एफ–१६ए/बि लडाकु विमान ताइवानलाई बिक्री गर्ने निर्णय गरेको थियो । त्यो निर्णयले चीन र अमेरिकका बीचको सम्बन्ध खराब तुल्याएको थियो । 

चिनियाँ जनसेनाको लडाकु क्षमता निरन्तर वृद्धि भइरहेकाले ताइवानले आफ्नो पूरै सुरक्षा बजेट अमेरिकी हतियार खरिदमा लगाएको छ । यसले यस ताइवानको सैन्य क्षेत्रमा कुनै वास्तविक असर पर्दैन । चीनसँग ताइवानको सैनिक प्रतिस्पर्दा कहिल्यै हुन सक्दैन । एकदम छोटो अवधिमा नै चीनले ताइवानका सैन्यलाई निशस्त्रीकरण गर्न सक्ने क्षमता राख्छ । अमेरिकाले ताइवानलाई हतियार बिक्री गरेर यो वास्तविक तथ्यलाई परिवर्तन गर्न सक्दैन । 

तर पनि अमेरिकाले ताइवान प्रायद्वीपमा हतियार बिक्री गरेर राजनीतिक सम्बन्ध विस्तार सबल बनाउन लागेको देखिन्छ । बेइजिङले निरन्तर अमेरिकी हतियार ताइवानमा हुने बिक्रीको विरोध गर्दै आएको छ । यो पटक ट्रम्प प्रशासनले २७ वर्षअघि बुश प्रशासनले गरेजस्तै गरिरहेको छ, यसले चीन र अमेरिकाबीचको सम्बन्धमा तनाव निम्त्याउँछ । यस सन्दर्भमा चीनले कडा प्रतिक्रिया दिनेछ ।

चिनीयाँ केन्द्र सरकारले यस विषयमा दुई तवरले कदम चान्न सक्नेछ । पहिलो सैन्य सनकलाई तोड्ने गरी दवाव दिनेछ । तसाइ–यीङ्ग–वेन र उसको नेतृत्वको प्रशासनका लागि त्यो राजनीतिक दायित्व हुनेछ । दोस्रो ताइवानेले अरु हतियार खरिद गरे झनै जोखिम बढ्नेछ । हतियार खरिदलाई बढवा दिनु राजनीतिक रुपमा दःुख पाउनु हो । ताइवानको सैन्य सामग्री खरिदका विषयमा चिनीयाँ केन्द्र सरकारले नयाँ राजनीतिक समझदारी अपनाउनै पर्छ । 

यस विषयमा चिनीयाँ केन्द्र सरकारले विभिन्न उपाय अपनाउन सक्छ । आजका दिनसम्म शान्तिपूर्ण पुनर्मिलनको प्रवद्र्धनको आधारभूत प्रस्तावबाट अगाडि बढ्नुपर्छ । ताइवानप्रति चिनीयाँको नीति परिवर्तन हुन्छ । ताइवानका अधिकारीकाले ‘क्रस स्ट्रेट’ सम्बन्ध खराब बनाउँदै लगेका छन् । पुनर्मिलनलाई प्रतिकार गर्नु र चीन र अमेरिकाबीच तनावपूर्ण अवस्था सिर्जना भएका बेला अमेरिकासँग रणनीतिक चालवाजी गर्नु खतरनाक हुनेछ । 

अमेरिकाले एफ–१६ भी जहाज बिक्री गरेको बेइजिङसँगको व्यापारघाटा कम गर्ने कार्यप्रति चीनले दबाब दिनुपर्छ । चीन र अमेरिकाबीचको व्यापार सम्झौतालाई अन्येत्र मोड्ने कुनै पनि आधार नभएपछि र व्यापार युद्ध अन्तसम्म जाने भएपछि यसले चीनलाई कमजोर गराउन लागिएको हो । 

ताईवानलाई हतियार बिक्री गर्ने विषय भविष्यमा चीनले प्रत्यक्ष रुपमा कृषिजन्य उत्पादनको खरिदसँग जोड्नुपर्छ । ताइवानसँग बिक्री गर्ने प्रत्येक हतियारसँग चीनले अमेरिकासँग खरिद गर्ने कृषि उत्पादन कम गर्दै लैजानुपर्छ । यदी हामीले त्यस्तो निर्णय ग¥यौँ भने यो विषय केही वर्ष रोकिनेछ । ताइवानलाई हतियार बिक्री गर्ने विषय अमेरिकाको आन्तरिक विषय बन्नेछ । अमेरिकाले ताइवानलाई बिक्री गर्ने हतियारको प्रक्रिया पूरा गर्न लामो समय लिन्छ । यो द्विपक्षीय सम्झौता सहजरुपमै कार्यान्वयन गर्न दिनुहुँदैन । यसबाट बासिङ्टन र ताइवान प्रायद्वीप दुबैले दुःख भोग्नुपर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप