झुक्याएर नागरिकता लिने दुई पक्राउ
धादिङ- जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० ओप्राङका बुद्धिबहादुर प्रजा र अर्का एक जना झुठा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
सुकदेउ प्रजा र हिरामाया प्रजाका ५१ वर्षीय छोरा बुद्धिबहादुर प्रजाले आफ्नो सहोदर भाइ बनाएर अर्कै व्यक्तिलाई प्रेमबहादुर प्रजाको नाममा नागरिकता दिलाएको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङले उनीहरुलाई पक्राउ गरेको हो ।
नागरिकता बनाउनका लागि अनिवार्यरुपमा वडा कार्यालयबाट त्यही वडावासी भएको सिफारिश लिनुपर्ने हुन्छ । आफू नभएका बेलामा कर्मचारीले सिफारिश बनाइदिएको र सही गर्ने बेलामा शङ्का लागेर सोध्दा स्थानीयलेसमेत बुद्धिबहादुरको भाइ हो भन्ने बताइदिएपछि आफूले नागरिकताको सिफारिश दिएको बेनिघाट रोराङ– १० का वडाध्यक्ष अम्बरबहादुर गुरुङले बताए ।
बुद्धि बहादुरसँगै पक्राउ परेका अर्का व्यक्तिको वास्तविक ठेगाना खुल्न सकेको छैन । धादिङका प्रहरी प्रमुख राजकुमार बैदरवारले भने, “प्रारम्भिक अनुसन्धानमा भारतीय नागरिक भन्ने कुरा आएको छ, पक्राउ परेका व्यक्तिको वास्तविक ठेगाना खुलेको छैन, हामी अनुसन्धानमै छौँ ।” पक्राउ परेकाबाट नागरिकता र कागजात कीर्तेसम्बन्धी मुद्दामा अनुसन्धान शुरु गरिएको र यस घटनासँग जोडिएका सबै पक्षलाई अनुसन्धानको दायरामा ल्याइने उनले जानकारी दिए ।
अनुसन्धान सकिएपछि बेनिघाट रोराङ– १० का प्रेमबहादुर चेपाङको नाममा जारी भएको नागरिकता खारेज गरिने प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले बताए । झुक्याएर नागरिकता लिनेलाई पनि कानूनअनुसार कारवाही गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पहिले ...देश छोड भन्थ्यौँ, अब आफैँले छोड्नुपर्ने बेला आयो’
-
लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धी प्रस्ताव तयार
-
इजरायलले अर्को गल्ती गरे कठोर जवाफ दिनेछौँ: इरान
-
नेपालगञ्जमा हनुमान जन्मोत्सव महोत्सव सम्पन्न
-
कतारी अमिरलाई स्वागत गर्न काठमाडौँ तयार, तस्बिरहरू
-
लगानी बोर्डद्वारा ह्वासिन सिमेन्टको लागि ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ थप लगानी स्वीकृत