दाङ्गमा विभिन्न घटनामा ३ जनाको मृत्यु
बिहीबार, ०५ भदौ २०७६, ०८ : ४१
दाङ्ग जिल्लामा विभिन्न घटनामा परि तीन जनाको ज्यान गएको छ । लमही उपमहानगरपालिका–६ को अर्जुनखोलामा अन्दाजी ५० बर्षिय बेवरिसे पुरुषको शव फेला परेको छ ।
खोलाले बगाएर मृत्यु भएको प्रहरीको आशंका छ । त्यस्तै तुल्सीपुर उपमहानगरपालिका १७ बनकट्टीकी राधिका चौधरीका २ बर्षीय छोरा २ बर्षीय छोरा रिजन चौधरीको कुलोमा खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
दाङ्ग कै गढवा गाउँपालिका १ पत्रिङगामा एक जना पुरुषको करेण्ट लागेर ज्यान गएको छ । ग्याबिङ्ग बहुउद्देश्यीय उद्योगमा वैल्डिङ्ग गर्ने क्रममा रोल्पाको सुनसहरी गाउँपालिका–३ का ३० बर्षीय नरबहादुर बुढामगरको एक्कासी करेण्ट लागेर ज्यान गएको हो ।
मृतक तीनै जनाको शव स्थानिय अस्पतालमा राखिएको र पोष्टमार्टम गर्न बाँकी रहेको दाङ्गका प्रहरी प्रबक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिएका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यसचिव अर्यालसँग चार कूटनीतिज्ञले एकैपटक किन भेटे ?
-
‘खल्ती सुरक्षा प्लस’ : ७६० रुपैयाँमा ५ लाख ३० हजारको बिमा
-
हसिना खानले लिइन् पद तथा गोपनीयताको शपथ
-
सोमपालले लिए यूएईको पहिलो विकेट
-
गण्डकीको संसद् बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय
-
वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट : कोशीमाथि बागमती प्रदेशको रोमाञ्चक जित