भारतीय काँग्रेसका बरिष्ठ नेता चिदम्बरमलाई थुनामा राख्न अदालतको आदेश
नयाँ दिल्ली-भारतको केन्द्रीय अन्वेषण विभागको विषेश अदालतले पूर्व केन्द्रीय वित्त मन्त्री पि चिदम्बरमलाई थुनामा राख्न अनुमति दिएको छ ।
उनलाई यही अगस्ट २६ तारिखसम्म अन्वेषण विभाग (सिविआई)को थुनुवा कक्षमा राख्न बिहीबार अनुमति दिइएको हो ।
चिदम्बरम्लाई दुरसञ्चार सेवासम्वन्धी एउटा परियोजनामा अनियमितता गरेको आरोप लगाइएको छ । उनलाई बुधबार नयाँ दिल्लीस्थित आफ्नै निवासबाट सिविआईको टोलीले गिरफ्तार गरेको हो ।
अदालतले चिदम्बरमलाई हरेक दिन ३० मिनेट परिवारजन र वकिलहरूले भेट्न पाउने व्यवस्था गर्न पनि अनुमति दिइएको छ ।
सिविआईका न्यायधिवक्ता जनरल तुशार मेहताले चिदम्बरमलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै अदालतमा निवेदन दिएका थिए ।
उनको माग अनुसार अदालतले पाँच दिने म्याद दिएको हो । दिल्लीस्थित उच्च अदालतले चिदम्बरमको जमानतको प्रस्ताव अस्वीकार गरेको एक दिनपछि उनलाई पक्राउ गरिएको हो ।
चिदम्बरमका वकिलहरूले भने उनीमाथि राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचारको आरोप लगाएको दावी गरेका छन् ।
दुई पटकसम्म भारतको अर्थमन्त्री भइसकेका चिदम्बरम अहिले विपक्षी काङ्ग्रेस पार्टीको वरिष्ठ नेता हुन् भने सन् १९८४ देखि सांसद र एक पटक गृहमन्त्री पनि भएका थिए ।
सन् २००७ मा अर्थमन्त्री हुँदा घुस खाएर विदेशी लगानीलाई बाटो खोलिदिएको आरोप पनि उनलाई लगाइएको छ । अनुसन्धानकर्ताहरुले उनका छोरा कार्ती चिदम्बरममाथि पनि अनुसन्धान गरिरहेका छन् । Photo: GETTY IMAGES
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु