शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्राधिकरणबाट आजित भएपछि उद्योगमा आफ्नै बिजुली

शुक्रबार, ०६ भदौ २०७६, ०७ : २२
शुक्रबार, ०६ भदौ २०७६

नेपाल विद्युत् प्राधिकरणको अनियमित विद्युत् आपूर्तिबाट आजित वीरगञ्जका औद्योगिक घरानाले आफ्नै थर्मल प्लान्ट स्थापना गरी विद्युत् उत्पादन सुरु गरेका छन् । 

रुङ्गटा समूहले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा आफ्नै थर्मल प्लान्टबाट उत्पादित बिजुलीबाट असीबी फुड एन्ड फिड प्रालि सञ्चालन गरिरहेको  छ । यस उद्योगका लागि प्राधिकरणबाट विद्युत् आपूर्ति लिइएको छैन । 

त्यसैगरी मोरङ कटहरी क्षेत्रमा स्थापना भएका झण्डै ४० वटा उद्योगहरु विद्युत् क्षमता नपुग्दा बन्द हुने अवस्थामा पुगेका छन् । यो समाचार आर्थिक अभियानमा ओमप्रकाश खनालले लेखेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप