बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अज्ञात व्यक्तिद्वारा पोखरीमा विष हाल्दा रौतहटमा लाखौँको माछा नष्ट

शुक्रबार, ०६ भदौ २०७६, १० : ५०
शुक्रबार, ०६ भदौ २०७६

रौतहट । अज्ञात व्यक्तिले माछापालन गरेको पोखरीमा विष हाल्दा रौतहटमा लाखौँको माछा मरेर क्षति भएको छ ।

रौतहटको कटहरिया नगरपालिका वडा नं ९ डुमरियाका ओम प्रकाश साहको पोखरीमा विष हालेको कारण दुई लाखभन्दा बढिको माछा मरेको हो ।

अज्ञात व्यक्तिले गए राति ५ कठा क्षेत्रफलमा रहेको माछा पोखरीमा विष हाल्दा पोखरीमा रहेको अन्दाजी ८ क्वीन्टल माछा नष्ट हुँदा करीब दुई लाख दश हजार रुपैयाँ बराबरको क्षति भएको पीडित साहले बताएका छन् ।

विषको कारणले पोखरीमा पालिएको रोहा, नैनी, भकुरा लगायत विभिन्न जातका माछा नष्ट भएको पिडित परिवारले दुखेसो गरेका छन ।

रिसिइवीको कारणले कसैले पोखरीमा विष हालेको हुनसक्ने पिडित साहले बताएका छन् ।

वर्षभरी कडा मिहिनेत गरेर पालिएको माछा बेच्न योग्य हुने बेलामा आएर कसैले नष्ट गरिदिएपछि आफनो वर्षभरीको मिहिनेत र लगानी दुबै खेर गएको पीडित ओम प्रकाश साहले गुनासो गरेका छन् ।

पोखरीमा विष हाल्ने व्यक्तिको तुरुन्त पत्ता लगाएर पक्राउ गरी कडा कानुनी कारवाही गर्ने ईलाका प्रहरी कार्यालय कटहरियाका सई रुपेश कुमार झाले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप