शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एभीसी सेन्ट्रल जोनको छैटौ संस्करण बंगलादेशमा

शुक्रबार, ०६ भदौ २०७६, १९ : ०४
शुक्रबार, ०६ भदौ २०७६

काठमाडौं- एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको छैटौ संस्करण बंगलादेशमा आयोजना हुने भएको छ ।

मध्य एसियाको तल्लो वरियताका राष्ट्रका टोलीबीच हुने च्याम्पियनसिपको अर्को संस्करण बंगलादेशले आयेजना गर्ने सहमति भएको छ । काठमाडौंमा शुक्रबार बसेको एसियन सेन्ट्रल जोनको साधरणसभाले छैटौ संस्करणको च्याम्पियनसिप सन् २०२० मा बंगलादेशमा गराउने निर्णय गरेको हो । सोही साधारणसभाले महिलातर्फको सेन्टल जोन पनि यसै वर्ष बंगलादेशमा र सन् २०२० को माल्दिभ्समा आयोजना गर्ने निर्णय गरेको नेपाल भलिबल संघले जनाएको छ ।

साधारणसभामा एभीसी सेन्ट्रल जोनका अध्यक्ष डक्टर मोहम्मेद रेजा डाभरजानी लगायत सेन्ट्रल जोनका सदस्य राष्ट्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । मोहम्मेद इरानी नागरिक हुन् । साधरणसभाको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले गरेका थिए । साधारणसभामा माल्दिभ्सका खेलकुद मन्त्री र बंगलादेशका खेलकुद मन्त्रीको समेत उपस्थिति रहेको थियो ।

यसैगरी पाँचौं एभिसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले पाँचौं स्थान पक्का गरेको छ । लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा शुक्रबार भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–१ को सेटमा हरायो । नेपालले २५–२३, २३–२५, २५–१८, २६–२४ को जित निकालेको थियो । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप