शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटको गरुडामा सार्वजनिक शौचालय नहुँदा यात्रुलाई सास्ती

सोमबार, ०९ भदौ २०७६, ०९ : ५१
सोमबार, ०९ भदौ २०७६

रौतहटको मुख्य व्यापारिक केन्द्र गरुडा बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा यात्रुुलाई ठुलो सास्ती खेप्नु परेको छ ।

व्यापारिक केन्द्र, श्रीराम शुगर मिल्स, एकदर्जन बैंक रहेको गरुडा बजार क्षेत्रमा सार्वजनिक शौचालयकको अभावमा दैनिक सैयौं मानिसलाई कठिनाई भएको छ ।

त्यतिमात्र नभई हप्ताको दुईपटक मंगलवार र शनिवार लाग्ने गरुडा हाट बजारमा रौतहट सर्लाही लगायत सिमावर्ती भारत बाट व्यापारिक प्रयोजनको लागी सैयौं महिला पुरुष आउने गर्दछन् ।

हाट बजारको अलावा ग्रामिण भेगबाट दैनिक सैयौं यात्रु काठमाडौँ, पोखरा, विराटनगर लगायतका लामो दूरीका दिवा तथा रात्रि बस चढ्न दैनिक गरुडा आउने गर्दछन् ।

किनमेलको प्रयोजनले गरुडा बजार आएका व्यापारी तथा बाहिरिया कुनै महिला पुरुषलाई  अचानक दिसा, पिसाब लाग्दा शौचालय नभएर ठुलो समस्या हुने गरेको एकजना व्यापारी जयमंगल साह सोनारले बताए ।

गरुडा आउने यात्रु पिसाब फेर्न कतै गली, कुची, कुनाकप्चा खोजेर जेन तेन काम चलाउने भएपनी दिसा लाग्दा धर्मशाला
अथवा बजारसंगै रहेको एकजना ब्यापारी पंकज जयसवालको घरमा रहेको शौचालय जान बाहेक अन्य बिकल्प नरहेको ब्यापारी साहले बताए ।

गरुडा बजार बिक्री बाट बर्षेनी लाखौं रुपैयाँ र नगरपालिकाको करोडौं रुपैयाको  बजेट माटो र ग्रेभलमा सिध्याउने जन प्रतिनिधीहरु जन सरोकारको बिषयमा गम्भीर नभएको स्थानियहरुले टिप्पनी गरेका छन ।

गरुडा नगरपालिका  पिपरीयाका नेपाली कांग्रसका मेयर प्रत्यासी सुनिल यादवले निर्वाचित मेयरले नगरको बैठकमा प्रबुद्ध व्यक्तिलाई नबोलाई आसपासेलाई मात्र बोलाउने गरेकाले गर्नुपर्ने महत्वपुर्ण काम हुन नसकेको गुनासो गरे ।

गरुडा नगरपालिकाका मेयर  ईन्दु राय यादले बजारक्षेत्रमा एलानी जग्गा न पाएको र एउटा पाएपनी बिवादित रहेकाले गत बर्ष निर्माण हुन नसके पनी यस आर्थिक बर्षमा सार्वजनिक शौचालय निर्माण गराउने प्रतिवद्धता जनाएका छन ।

एकबर्ष अघि खुला दिशा मुक्त घोषणा भईसकेको रौतहटको प्रमुख बजार गरुडामा हालसम्म सार्वजनिक शौचालय नहुनु आफैमा हास्यास्पद रहेको कतिपयले अडकल गर्न थालेका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप