शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपत्यकामा फेरि टिपर आतंकः एकैपटकमा गुड्छन् २५ सय

मङ्गलबार, १० भदौ २०७६, ०६ : ५१
मङ्गलबार, १० भदौ २०७६

उपत्यकावरिपरिका नाकामा दिनभर ढुंगा, गिटी र बालुवासँगै अन्य निर्माण सामाग्रीले भरिएका टिपर भित्रिन्छन् । ललितपुरको चापागाउँ, माछापोखरी, बौद्ध पेप्सिकोला र भक्तपुरको जगाती क्षेत्रमा ती टिपर लाइन लगाएर पार्किङ गरेको देखिन्छ ।

सरकारले एक वर्षअघि लागू गरेको ‘टाइम कार्ड’ अनुसार बेलुकी ८ बजेपछि मात्रै रिङरोडमा टिपर प्रवेश पाउँछन् । त्यतिन्जेलसम्म चालक टिपरभित्रै सुत्छन् । 

जब बेलुकी ८ बज्छ त्यसपछि टिपरले सडक तताउँछ । दिनभर बस्दा आलस्य मानेका चालक धुलो उडाउँदै बतासिन्छन् । ८ बजेपछि घर फर्किने यात्रु टिपर हुइँकिएको देख्दा किनारा लगाएर बाटो छाड्नुको विकल्प देखिदैन । यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप