बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नागरिकता विधेयकमा असहमति कायमै: उपसमितिले अपुरो प्रतिवेदन बुझायो

बुधबार, ११ भदौ २०७६, ०६ : ३३
बुधबार, ११ भदौ २०७६

नेपाली नागरिकता विधेयकका विवादित प्रावधानलाई जस्ताको तस्तै राखेर गत चैतमा गठिन उपसमितिले राज्य व्यवस्था समितिमा मंगलबार अपुरो प्रतिवेदन पेश गरेको छ । 

नागरिकता विधेयकका विवादित विषयमा सहमति नगरेकाले हजारौं सर्वसाधारण नागरिकता लिन बञ्चित भएको आवाज उठिरहेको बेला उपसमितिले निर्णय दिन नसक्दा झन अन्योल बढेको छ । 

उपसमितिमा ‘नेपालीसँग विवाह गरेका विदेशीलाई ७ वर्षपछि मात्र नागरिकता दिनेबारे, सरकारले टोली खटाएर नागरिकता वितरण गर्ने’ विषयमा विवाद कायमै रहेको छ । यो सममाचार कान्तिपुर दैनिकमा ऋषिराम पौड्यालले लेखेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप