मुसीकोट नगरपालिका मेयर सापकोटा जापानमा सम्मानित
बुटवल । गुल्मीको मुसीकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा सहितका ३ जना जनप्रतिनिधि जापान भ्रमणमा पुगेका छन् । उनीहरुलाई जापानमा रहेका नेपालीहरुको विभिन्न संघ संगठनहरुले स्वागत कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेका छन् ।
अर्याल सेवा समाज जापानले मेयर सापकोटा , सोही नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष प्रकाश काफ्ले , वडा नम्वर ८ का वडाध्यक्ष नारायण सापकोटालाई अभिनन्दन गरिएको हो ।
गुल्मी कै ईन्द्रेगौडा घर भएका अर्यालय सेवा समाज जापानका अध्यक्ष गोविन्द्र प्रसाद अर्याललेको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा हरितालिका तीज विशेष कार्यक्रममा तीनै जना जनप्रतिनिधि र नेपालबाट गएका बुवा आमाहरुलाई पनि नचाइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बिदेशमा रहेका अर्लाङ्घकोट, वामी, कुर्घा , आँपचौर सहितका मुसिकोटवासीले समाजमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगमी दिनमा पनि वैदेशिक रोजगारमा रहेका मुसिकोटवासीको सहयोग र सहकार्य खाँचो रहेको धारणा राखेका थिए ।
मुसिकोट नगरपालिकाले अगाडी सारेको लघु जलविद्युत लगायतको उद्यम विकासमा बैदेशिक रोजगारमा रहेका नगरवासीको लगानी भित्राउने उद्देश्यका साथ भदौं ७ गते नेपालबाट जापान पुगेका मेयर सापकोटा सहितका जनप्रतिनिधीहरु भदौं २० गते नेपाल फर्किने कार्यक्रम रहेको अर्याल समाज जापानका अध्यक्ष्ँ गोविन्दप्रसाद सापकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ वटा मुद्दा लागेका ‘डाँका’ पेस्तोलसहित पक्राउ
-
धरहराको कम्पाउण्ड सिसाको प्रतीक्षालय (तस्बिरहरू)
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा