शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतका राजकुमार ह्यारी र मेगनले सेयर गरे नेपालको बालबालिकाको भिडियो

बिहीबार, १२ भदौ २०७६, ०९ : २८
बिहीबार, १२ भदौ २०७६

नेपालका बालबालिकाले एउटा सुन्दर भिडियोमार्फत् ड्युक एण्ड डचेज अफ ससेक्स ह्यारी र मेगनका लागि मेसेज दिएका छन् । उक्त भिडियोलाई उनीहरुले आफ्नो आधिकारिक इन्स्टाग्राममा सेयर गरेका छन् ।

ससेक्स रोयल नामको इन्स्टाग्राम अकाउन्टमा यो भिडियो बुधबार सेयर गरिएको हो ।

नेपालका बालबालिकालाई सशक्तिकरण गरिरहेको ब्लिङ्क नाउ फाउन्डेशनले आफ्नो संस्थाबारे जानकारी दिन उक्त भिडियो बनाएको हो ।

सातजनाको समूहमा भएका बालबालिकाले भिडियोको सुरुवातमा ह्यारी र मेगनलाई नमस्कार भन्छन् । त्यसपछि अंग्रेजीमा आफ्नो ब्लिङ्क नाउबारे जानकारी दिन्छन् ।

उक्त भिडियोमा ती बालबालिकाले निकै उत्साहित भएर भन्छन्, ‘नमस्कार मेगन र ह्यारी । तपाईंहरुले फोर्स फर चेन्ज अभियानका लागि ब्लिङ्क नाउलाई चयन गर्नुभएकोमा हामी निकै आभारी छौं । तपाईंको सहयोगको हामी कदर गर्छौं ।’

त्यसपछि ती बालबालिकाले आफ्नो संस्थाको यात्रा गराउँदै संस्थाले के–के गर्छ भनेर जानकारी दिन्छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Yesterday we received this message from @BlinkNowOrg, an account that you suggested we follow for this month’s theme of Forces For Change, and we wanted to take this opportunity as the monthly theme comes to a close, to shine a light on this amazing organisation in Nepal and the work they are doing. The Blink Now organisation’s journey started on the very real concept where one young woman decided to help one young girl, hoping to make one small difference. Today the Blink Now organisation provides a loving home for over 40 children, a school for 350 young students, a safe house for 10 of their most at-risk female students, a new school campus made from the earth and many more incredible initiatives. • “We have the power to create the world we want to see every day” - Founder Maggie Doyne Their mission is to change the world by empowering Nepal’s children. They do this by providing quality education, a safe environment and through inspiring others, but almost more importantly, they do this by believing in community first. They believe that if given the proper tools and initiatives, people and communities anywhere in the world can raise themselves out of poverty. We want to thank you @BlinkNowOrg for the kind message and for continuing to be a #ForceForChange. To discover ways to get involved, create something, and build and brighter future for the children and women on Kopila Valley, visit @BlinkNowOrg Video © @BlinkNowOrg

A post shared by The Duke and Duchess of Sussex (@sussexroyal) on

उक्त भिडियोमा मेगन र ह्यारीले लेखेका छन्, ‘हामीले ब्लिङ्क नाउ नामको संस्थाबाट हिजोमात्रै यो मेसेज पाएका हौं । यो महिनाको थिम ‘फोर्सेज फर चेन्ज’का लागि तपाईंहरुले नै हामीलाई यो संस्था फलो गर्न सुझाउनु भएको हो । र मासिक थिमको अन्त्य हुनै लाग्दा हामीले नेपालको यो गज्जबको संस्थाले गरिरहेको काममाथि प्रकाश पार्न खोजेका छौं ।’

‘ब्लिङ्क नाउ संस्थाले आफ्नो वास्तविक अवधारणासहित आफ्नो यात्रा सुरु गरेको हो जसमा एक युवतीले एक बालिकालाई सानो सहयोग हुनसक्ला भनेर सहयोग गर्ने निर्णय गरिन् । आज ब्लिङ्क नाउ संस्थाले ४० बालबालिकाका लागि मायालु घर प्रदान गरिरहेको छ भने यो ३५० विद्यार्थीका लागि स्कूल बनेको छ । यस्तै आफ्ना विद्यार्थीमध्ये सबैभन्दा धेरै जोखिममा रहेका १० बालिकाका लागि सुरक्षित घर बनेको छ । यो संस्थाले भर्खरै एउटा नयाँ क्याम्पसको पनि निर्माण गरेको छ,’ उनीहरुले थपेका छन् ।

‘उनीहरुको उद्देश्य नेपालका बालबालिकालाई सशक्तिकरण गरेर संसारमा परिवर्तन ल्याउनु हो । उनीहरुले आफ्नो उद्देश्य पूर्तीका लागि गुणस्तरीय शिक्षा र सुरक्षित वातावरण प्रदान गरेर, अरुलाई प्रभावित पारेर र सबैभन्दा महत्वपूर्ण, समुदायलाई विश्वास गरेर अघि बढिरहेका छन् । संसारको कुनै पनि मानिस र समुदायलाई उचित उपकरण र आत्मबल दिइएको खण्डमा गरिबीबाट निकाल्न सकिने उनीहरुले विश्वास राखेका छन् ।’

यो वर्षको सुरुवातमा मेगन र ह्यारीले आफ्नो संयुक्त इन्स्टाग्राम सार्वजनिक गरेपछि प्रत्येक महिना भिन्न थिमलाई हाइलाइट गर्ने गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप