बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डेंगु रोक्न सुरक्षाकर्मी !

शुक्रबार, १३ भदौ २०७६, ०६ : १६
शुक्रबार, १३ भदौ २०७६

डेंगु नियन्त्रण नभएपछि सरकारले सेना, प्रहरीसहित सबै पक्षको सहयोग मागेको छ । यो रोग फैलाउने लामुखुट्टे नष्ट गर्न सञ्चालित अभियान प्रभावकारी नदेखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकल्प खोजेको हो । 

चितवनमा नै वर्षदेघि डेंगुले महामारीको रुप लिँदा सेना र प्रहरीलाई संयुक्त रुपमा परिचालन गरिएको थियो । मन्त्रालयको स्वाथ्य समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले २०७६ सालमा चितवनमा डेंगु नियन्त्रण गर्न पहिलोपटक सेना प्रहरीको सहयोग लिएको सुनाए । 

उनले भने,‘१०० जना सेना र २० जना प्रहरीको सहयोग लिएको पहिलो अनुभव छ, भारतको दिल्ली र ब्राजिलमा फैलिएको डेंगु नियन्त्रण गर्न सेना परिचालन गरिएको उदाहरण छ ।’ 

हाम्रोमा पनि ठाउँ र परिस्थिती हेरी सेना र प्रहरी परिचालन गर्नुपर्ने धारणा उनले व्यक्त गरे । 
यो समाचार अन्नपूर्ण पोष्ट्मा दिनेश गौतमले लेखेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप