शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीमा  डेंगुको संक्रमण बढ्दो, एउटा बेडमा दुई बिरामी

आइतबार, १५ भदौ २०७६, १७ : ५९
आइतबार, १५ भदौ २०७६

बुटवल– प्रदेश ५ को  तराई भेग वर्दिया, बाँके, दाङ्ग, कपिलवस्तु, रुपन्देही र नवलपसासीमा  डेंगु रोगका बिरामीहरु  बढेका छन् । रुपन्देहीमा मात्र ३७ जना डेंगु रोगका बिरामीहरु यतिबेला उपचार गराइरहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डाक्टर कृष्ण खनालले बताए ।

प्रादेशिक अस्पतालमा २२  जना  डेंगुका पोजिटिभ  बिरामीहरु भेटिए । उनीहरुले उनीहरुले यहाँ उपचार गराइरहेका छन्  । डाक्टर खनालले भने रुपन्देहीमा सबै गरेर ३७ जना डेंगुका बिरामीले उपचार गराइरहेका छन । हालसम्म झण्डै तीनसय जनाको रगत परीक्षण गरिएको र ती मध्ये डेंगुका बिरामीहरु फेला परेको डाक्टर खनालको भनाई छ । 

उनका अनुसार प्रदेश ५ का तराईका जिल्लाहरुमा डेंगुका बिरामीहरु  फेला परेका छन् । ‘मुख्यगरी लामखुट्टेको  टोकाईबाट बच्नुपर्दछ’ –डाक्टर खनालले भने– ‘अहिले कै तापक्रम केहि दिन रहने हो भने स्थिति भयावह पनि हुन सक्छ ।’  उनले थपे– ‘लामखुट्टेको टोकाईबाट बच्न, हाफ कपडाहरु लगाउनुहुँदैन ।  सफा पानी, गमला, फ्रिज लगायतमा लामखुट्टे फुल पार्ने हुँदा त्यस्ता वस्तुबाट बच्नुपर्दछ ।’

डेंगुसँगै   (Typhus Fever)  नामक बिमारको संक्रमण पनि बढेको त्यस अस्पतालका डाक्टरहरुले बताएका छन् । त्यस्तै ज्वरोका बिरामी पनि बढेका छन् । जसले गर्दा रुपन्देहीका अस्पतालहरुमा एउटा बेडमा दुईजना बिरामी सुताउने गरिएको छ । त्यस्तै डेंगु परिक्षण गर्ने किटको अभाव समेत भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप