शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आर्सनल र टोट्टनहाम बराबरीमा रोकिए

सोमबार, १६ भदौ २०७६, ०७ : ५४
सोमबार, १६ भदौ २०७६

इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार टोली आर्सनल टोट्टनहामले बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राति भएको खेलमा आर्सनल र टोट्टनहामले २–२ गोलको बराबरी खेले । आर्सनलले घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गरेको थियो ।

टोट्टनहामका क्रिस्टियन एरिक्सन र ह्यारी केनले गोल गरे । आर्सनलका लागि एलेक्सजेन्डर लाकाजेट्टी र पिर्रे एम्रिक आबुमियाङले गोल गरेका थिए ।

टोट्टनहामले १०औं मिनेटमा इरिक्सनको गोलबाट अग्रता लिएको थियो । ४०औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोट्टनहामको अग्रता दोब्बर बनाए ।

त्यसपछि जोसिएको आर्सनलले ४५औं मिनेटमा पहिलो गोल फर्काएको थियो । आर्सनलका एलेक्सजेन्डरले पहिलो गोल गरे । ७१औं मिनेटमा आबुमियाङले बराबरी गोल गर्दै आर्सनललाई हारबाट जोगाए । बराबरीसँगै चार खेलबाट सात अंक बनाएको आर्सनल पाँचौं स्थानमा छ । समान खेलबाट पाँच अंक बनाएको टोट्टनहाम नवौं स्थानमा छ ।

आइतबार रातिनै भएको अर्को खेलमा एभर्टनले वुल्भ्सलाई ३–२ गोलले हरायो । घरेलु मैदानमा एभर्टनको रोमाञ्चक जितमा  रिचार्लीसनले दुई गोल गरे । एलेक्स इओबीले एक गोल गरेका थिए । वुल्भ्सका रोमेन साइस र राउल जेमिनेजले एक एक गोल गरे ।  रिचार्लीसनले पाँचौ मिनेटमा गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

नवौँ मिनेटमा वल्भ्सका रोमेनले बराबरी गोल फर्काए १२ औं मिनेटमा इओवीले गोल गर्दै एभर्टनलाई अगाडी बढाए । ७५औं मिनेटमा वुल्भ्सका जेमिनेजले फेरी बराबरी गोल गरे । ८०औं मिनेटमा रिचार्लीसनले व्यक्तिगत दोस्रो गोल गर्दै एभर्टनलाई जित दिलाए । जितसँगै तीन खेलबाट सात अंक बनाएको एभर्टन छैटौं स्थानमा छ । समान खेलबाट तीन अंक बनाएको वुल्भ्स १७औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप