बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सेलिब्रेटीहरुको तीज सेलिब्रेसन

सोमबार, १६ भदौ २०७६, १३ : १५
सोमबार, १६ भदौ २०७६

सोमबार तीजको मुख्य दिन हो तर महिलालाई तीजको रौनकले भने एक महिना अगाडिदेखि नै छोएको थियो । महिना दिनदेखि नै उनीहरूले दर खाने, एकअर्काेसँग खुसी साटासाट गर्नेदेखि उपहार आदान प्रदान गर्नेसमेत गरेको देखिन्थ्यो । केहीले भने कामको चटारोले गर्दा सोमबार मात्र फुर्सद निकालेर तीज मनाउँदैछन् । देशभर छोएको यो तीजको रौनकले हाम्रा सेलिब्रेटीलाई पनि नछुने कुरै भएन नि । सेलिब्रेटीले यो तीज कसरी बनाउँदै छन् त ? उनीहरूकै शब्दमा :

कोमल वली (गायिका तथा राष्ट्रिय सभा सदस्य)
केही दिन अगाडिदेखि नै मलाई तीज लागेको थियो । तीज मेरो मनपर्ने पर्व हो । परिवारसँग मनाउँदा निकै रमाइलो हुन्छ । आज २/४ वटा कार्यक्रममा सहभागी हँुदैछु । व्रत सधैँ बस्छु । व्रत बस्दा शक्ति प्राप्त भएको महशुस गर्ने गरेकी छु । परिवार, देश र जनताको भलोहोस् भन्ने कामना मेरो रहन्छ । 

दीपाश्री निरौला (कलाकार तथा निर्देशक)
तीजकै लागि जन्मघर विराटनगर आएकी छु । व्रत पनि बस्छु । दिदीबहिनीसँग मज्जैले नाचगान गर्ने विचार छ ।
 
टीका प्रसाईं (गायिका)
तीजको दिन मेरो प्लेनमा नै बित्ने भयो । म इजरायलबाट कार्यक्रम सकेर आज फर्किंदैछु । सायद दिउँसो नेपाल आइपुग्छु कि । स्वास्थ्यले साथ दियो भने व्रत बस्छु । 
 
सारिका घिमिरे (गायिका, अभिनेत्री)

 नाचगानसहित एकदमै रमाइलो गर्ने विचार छ । व्रत बस्छु । भगवानसँग आफ्ना लागि योग्य वर माग्नु जो छ ।

खुस्बु खड्का (अभिनेत्री)
प्लान केही छैन । ममी, दिदी र भाउजुहरूसँगै मिलेर तीज मनाउँछु । व्रत बस्छु । नाचगानमा विशेष ध्यान रहन्छ ।

बिनु शाक्य (मोडल तथा डान्सर)
तीजका लागि भनेर अहिले जन्मथलो सिन्धुपलान्चोक आएकी छुु । तीजमा कहिलै व्रत बसेकी छैन र बस्दिन पनि । तर अरुले व्रत बसेको देख्दा मज्जा लाग्छ । आफन्त साथीहरूसँग नाचगान गरेर तीज मनाउँछु ।

दीपिका प्रसाईं (अभिनेत्री)
तीजको व्रत अहिलेसम्म बसेकी छैन । गत वर्ष विवाह भएकाले यो वर्ष बस्दैछु । नाचगान गरेर आफन्तसँग धुमधाम तरिकाले मनाउँछु ।

सुचित्रा श्रेष्ठ (अध्यक्ष चलचित्र निर्देशक समाज)
हिजोको दिनमा अरूको दवाबमा व्रत बस्नैपर्ने हुन्थ्यो । तर अहिले समय फेरिएकाले र व्रत आफ्नो इच्छामा भर पर्छ । केही नखाई व्रत बस्ने कुराको म विरोधी हुँ । आफ्नो स्वास्थ्यको ख्याल गरेर संस्कृति जोगाऊँ भन्छु ।

रजनी केसी अभिनेत्री

 तीज मेरो मनपर्ने चाडमध्येको एक हो । व्रत नियमित बस्ने गरेकी छु । दिदी, बहिनी, ममीहरूसँग नाचगान गरेर रमाइलोसँग मनाउँछु । व्रत स्वस्थ्यका लागि राम्रो हो । भगवानको आराधानले मनमा शान्ति मिल्छ भन्ने विश्वास छ ।

लक्ष्मी आचार्य (गायिका)
तीजको अवसर पारेर आयोजना भएका विभिन्न कार्यक्रममा पुग्नु पनि छ । व्रत बस्छु । योग्य बरको कामनाका लागि व्रत बस्ने हो । तीज हाम्रो संस्कार पनि हो । यसलाई जोगाउन पनि मनाउँछु । शिवजी जस्तो पतिको चाहना पनि यसमा गर्ने गरिन्छ । व्रत बस्न थालेको धेरै वर्ष भयो । नाचगान गरेर मनाउनुपर्छ ।

अन्जु गौतम (गायिका)
तीजकै दिन विभिन्न कार्यक्रममा सहभागी हुँदैछु । कार्यक्रममा आफू पनि नाच्छु र दिदीबहिनी पनि नचाउँछु ।  व्रत बस्छु तर निरहार होइन । निराहार व्रत बस्दा श्रीमान्को आयु लामो हुन्छ भन्नेमा म विश्वास गर्दिनँ ।

निरु खड्का (कलाकार)
धेरै दिन अगाडिदेखि मलाई तीज लागेको थियो । बोलाएका केही ठाउँमा पुग्न भ्याएँ, केहीमा सकिनँ । आज आफ्नै टोल स्युचाटारको दिदीबहिनीहरूसँग नै तीज मनाउँदैछु । तीजको नाचगान, रमाइलोले मानिसमा हुने डिप्रेसनले पनि कम गर्छ । पहिलेदेखि नै व्रत बस्छु । तर निराहार बस्दिनँ । मेरा श्रीमान्ले केही नखाई बस्न दिनुहुन्न ।

मिलन अमात्य ‘नेवार’ (गायिका)

 तीजमा व्रत बस्ने गरेको छैन । दिदीबहिनीसँग मिलेर नाचगान गर्छु । केही कार्यक्रममा पनि सहभागी हुन्छु होला । 

पवित्रा आचार्य (अभिनेत्री)

 तीज मेरो मनपर्ने चाड हो । तीज सधैँ म रमाइलो गरेर मनाउने गरेको छु । माइतीमा छु र दिदीबहिनीसँग मनाउँछु । शिवको व्रत बस्छु । नाच्छु । गाउँछु । श्रीमान्का लागि कामना गर्छु । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप