बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नो नाममा झरनाको नामै राखिएपछि अमिताम बच्चन बने चकित

सोमबार, १६ भदौ २०७६, १३ : ३३
सोमबार, १६ भदौ २०७६

एजेन्सी । हिन्दी फिल्मका महानायक भनेर चिनिने अभिनेता अमिताभ बच्चन भारतमा मात्र होइन भारतबाहिर पनि लोकप्रिय छन् ।

उनको लोकप्रियता भारतको उत्तरपूर्वी राज्य सिक्किमको एउटा झरनाको नाम नै बच्चनको नाम दिइएबाट पनि बुझ्न सकिन्छ ।  

स्वयम अमिताभ बच्चनलाई पनि यसबारे जानकारी थिएन । उनले ट्वीटरमा सो झरनाको फोटो रिट्वीट गर्दै झरनाको नाम अमिताभ बच्चन नै हो भन्ने कुरामा विश्वास गर्न नसकेको टिप्पणी लेखेका थिए । 

बच्चनले रिट्वीट तस्विरमा तीन मानिस देखिन्छन् र तिनको पछाडि एउटा झरना देखिन्छ । फोटो क्याप्सनमा बच्चनले लेखेका छन् ,‘के यो साँचो हो ? यो झरनाको नाम के हो ?’  

जवाफमा जसको फोटो शेयर गरिएको हो उनैले लेखेका छन् ,‘ यो पूर्णत सही हो सर । म अझै पनि सिक्किममा छु र यसलाई म प्रमाणित गर्न सक्छु ।’

सामाजिक संजालमा यसमा विभिन्न खालको प्रतिक्रिया आइरहेका छन् । एक प्रयोगकर्ताले लेखेका छन् ,‘ निक्कै अग्ला झरना भएको यसको नामनै अभिताभ बच्चन नामाकरण भएको हो ।’

अन्य एक प्रयोगकर्ताले अमिताब बच्चनलाई जवाफ दिदैं लेखेका छन् ,‘हो सर । यस्तो झरना छ । त्यसको नाम ‘बच्चन फल्स’ हो । हामी सन् २००९ जनवरीमा त्यहाँ गएका थियौं ।’

कहाँ छ झरना ?
खासमा यो झरनाको असली नाम भीम फल्स या भीमा फल्स हो । तर अग्लो भएकाले मानिसले अमिताभ बच्चन झरना भन्दा भन्दै यसको नाम नै बच्चन फल्स बन्न गएको हो । 

यो झरना लान्चुंंगमा चुंगथक र युमथंग भ्यालीको बीचमा रहेको छ । झरना लान्चुंगभन्दा करिब १४ किमी टाढा छ । 

यहाँ पुग्नको लागि ट्याक्सी लिनुपर्छ । करिब एक घण्टाको यात्रापछि त्यहाँ पुग्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप