शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ल्याण्डर विक्रम चन्द्रमाको सबैभन्दा तल्लो अर्बिटमा स्थापित

बुधबार, १८ भदौ २०७६, ०८ : ४४
बुधबार, १८ भदौ २०७६

इसरोले आज ४ सेप्टेम्बरमा ल्याण्डर विक्रमलाई चन्द्रमाको सबैभन्दा तल्लो अर्बिटमा स्थापित गरेको छ ।

२२ जुलाईमा प्रक्षेपित गरिएको चन्द्रयान– २ को आज गरिएको अर्बिट परिवर्तन अन्तिम पटकको परिवर्तन हो । अब चन्द्रयान– २ अर्थात् ल्याण्डर विक्रम यसै अर्बिटबाट सोझै चन्द्रमा अवतरण गर्नेछ ।

४ सेप्टेम्बरमा अर्बिट परिवर्तन गरिँदा ल्याण्डर विक्रम १०४ ह १२८ किमिमाथिबाट चन्द्रमाको परिक्रमा गरिरहेको थियो । यानलार्य योभन्दा तल्लो अर्बिटमा लैजान इसरोका वैज्ञानिकहरुले विहान ३ बजेर ४२ मिनेटमा यसको इन्जिन प्रज्वलित गरेका थिए । जम्मा ३ सेकेण्डको प्रयासमा यानलाई ३५ ह् १०१ किमिको अर्बिटमा स्थापित गरिएको थियो ।

इसरोका अनुसार, यो अन्तिम पटकको अर्बिट परिवर्तन हो । अब यसपछि यान यसै अर्बिटमा रहेर परिक्रमा गर्नेछ । ६ सेप्टेम्बरको राति १२ बजेपछि (क्यालेण्डरअनुसार ७ सेप्टेम्बर शुरुभएपछि) यानलाई अवतरण गराउने प्रक्रिया थालिनेछ ।

तर यससम्बन्धी विज्ञहरुका अनुसार यसलाई यसै अर्बिटमा राखिराख्न इसरोले एक–दुई पटक थप अपरेसन गर्नुपर्ने हुनसक्छ । कारण, चन्द्रमाको गुरुत्वाकर्षणले तानेर यसलाई १–२ किमि तल लैजान सक्छ । यस्तो भएमा इसरोले यानको इन्जिन प्रज्वलित गरी यसलाई अर्बिटमा पुनः स्थापित गर्ने आवश्यकता पर्न सक्छ । यानलाई चन्द्र अर्बिट अथवा पृथ्वीको अर्बिटमा गति गर्न आफ्नो इन्जिनको शक्ति चाहिन्न । उपग्रह अथवा ग्रह अथवा कुनै पनि खगोलीय पिण्डको गुरुत्वाकर्षणले अर्बिटमा रहेको जुनसुकै पिण्ड वा यानलाई त्यस पिण्डको परिक्रमा गर्न बाध्य बनाउँछ ।

उदाहरणको लागि, पृथ्वीको अर्बिटमा स्थापित गरिएक सबै उपग्रहहरु पृथ्वीको गुरुत्वाकर्षले तान्ने हुँदा पृथ्वीको परिक्रमा गरिरहन्छन् । उपग्रह जति तल्लो अर्बिटमा हुन्छ, उसको गति त्यति नै तीब्र हुन्छ । इन्टरनेशनल स्पेश स्टेशन लगायत पृथ्वीभन्दा करिब ४ सय किमि उचाइको अर्बिटमा रहेका उपग्रहहरु हुन वा जुनसुकै वस्तु, ती सबै झण्डै ७ किलोमिटर प्रतिसेकेण्डभन्दा बढी वेगले ३० मिनेटमा पृथ्वीको एक चक्कर लगाइरहेका हुन्छन् । अन्तरिक्ष विज्ञानमा यसलाई पृथ्वीको नब्बे मिनेटको अर्बिट भनिन्छ । यस गतिले परिक्रमा गर्न उपग्रहलाई आफ्नो शक्ति प्रयोग गरिरहनु पदैन । तर अर्बिटमा परिक्रमा गरिरहेका पिण्डलाई क्षण प्रतिक्षण गुरुत्वाकर्षणले तल तल पनि तानिरहेको हुन्छ । आवश्यक र जीवित रहेका उपग्रहहरुलाई वैज्ञानिकहरुले निशिच समयमा फेरि अर्बिटमा स्थापित गरिरहनुपर्ने हून्छ । जस्तो कि, इन्टरनेशनल स्पेश स्टेशनलाई पृथ्वीको गुरुत्वाकर्षले प्रतिदिन १०० मिटर तल तान्छ । यो भनेको दश दिनमा एक किलोमिटर हो । समय समयमा वैज्ञानिकहरुले यसको इन्जिन प्रज्वलित गरी यसलाई निश्चित अर्बिटमा पठाउने गर्छ ।

चन्द्रमाको गुरुत्वाकर्षण पृथ्वीको तुलनामा झण्डै ६ गुना कमी छ । पृथ्वीले वस्तुलाई आफूतिर ९.८०७ मिटर/से२ ले तान्छ भने चन्द्रमाले १.६२ मिटर/से२ ले आफूतिर तान्छ ।

तर ल्याण्डरको अर्बिटको उचाइ जम्मा ३५ किमि भएकोले यसमाथि गुरुत्वाकर्षणको प्रभाव बढी हुन सक्छ ।

इसरोका अनुसार अब ४, ५ र ६ सेप्टेम्बरसम्म चन्द्रयानलाई यसै उचाइमा राखेर त्यहीँबाट अवतरण प्रक्रिया गरिनेछ । अवतरण प्रक्रिया ७ सेप्टेम्बरको बिहान १–२ बजेमा थालिनेछ र वैज्ञानिकहरुको भनाइअनुसार ७ सेप्टेम्बरको २ बजेर ३० मिनेटसम्ममा ल्याण्डर विक्रमले चन्द्रधरातल टेक्नेछ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप