शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१८ वर्ष लगाएर तयार गरिएको शब्दकोश

बाइबल बुझ्न जरुरी मानिने एकमात्र शब्दकोश
बुधबार, १८ भदौ २०७६, १० : ५४
बुधबार, १८ भदौ २०७६

 वेब्स्टर अमेरिकन डिक्सनरी अमेरिकन अंग्रेजी भाषको प्रसिद्ध शब्दकोष हो । यो शब्दकोष नोहा वेब्स्टर (१७५८–१८४३) नाम गरेका अमेरिकनले तयार पारेका हुन् । उनी शब्दकोषकार तथा भाषासुधारक थिए ।

तर के तपाइलाई थाहा छ– यो शब्दकोष तयार गर्न उनलाई कति समय लागेको थियो ?

वेब्स्टरले उक्त शब्दकोष १८ वर्ष लगाएर पूरा गरेका थिए । शब्दकोषको तयारीमा सन् १८०७ देखि नै जुटेका वेब्स्टरले उक्त शब्दकोष सन् १८२५ मा पूरा गरेका थिए । तर उनको यो शब्दकोष १८२८ मा प्रकाशित गरिएको थियो, जसको सर्वाधिकार उनले सोही वर्षको १८२८ मा लिएका थिए ।

https://en.wikipedia.org

उनको पालामा अमेरिकाका विभिन्न भागहरुमा भिन्नाभिन्नै खालका भाषाहरु प्रयोग हुन्थे । एउटै शब्दको उच्चारण र हिज्जे पनि ठाउँअनुसार फरक फरक हुने गर्थे । उनी ती सबैलाई अमेरिकी भाषालाई मानकीकरण गर्न चाहन्थे र सोही सिलसिलामा उनले सो शब्दकोष लेखनको थालनी गरेका थिए ।

वेव्स्टरले यो शब्दकोष तयार गर्नुको उद्देश्य अमेरिकी अंग्रेजीमा एकरुपता ल्याउनु नै थियो । उनको पालामा अमेरिकाका विभिन्न भागहरुमा भिन्नाभिन्नै खालका भाषाहरु प्रयोग हुन्थे । एउटै शब्दको उच्चारण र हिज्जे पनि ठाउँअनुसार फरक फरक हुने गर्थे । उनी ती सबैलाई अमेरिकी भाषालाई मानकीकरण गर्न चाहन्थे र सोही सिलसिलामा उनले सो शब्दकोष लेखनको थालनी गरेका थिए ।  यो शब्दकोष तयार पार्नका लागि वेब्स्टरले जम्म १८ वर्षसम्म मेहनत गरेका थिए । कतिसम्म भने शब्दकोषमा समेटिएका शब्दहरुको उत्पत्ति कहाँबाट भएको हो भन्ने कुरा जाँच्नका लागि उनले पुरानो अंग्रेजी (एङ्ग्लो साक्सन), ग्रकी, हिबु्र र ल्याटिन लगायत २६ वटा भाषाहरु अध्ययन गरेका थिए ।

उक्त शब्दकोषको पहिलो संस्करण प्रकाशित हुँदा त्यसलाई दुइभाग गरि प्रकाशित गरिएको थियो । उक्त शब्दकोषमा जम्म १२ हजार वटा शब्दहरु र ३० हजार वटा व्याख्याहरु गरिएका थिए । त्यसअघिका शब्दकोषहरुमा त्यति व्यापक मात्रामा शब्दहरु र व्याख्याहरु संगेटिएका थिएनन् ।

वेव्स्टर के विश्वास गर्थे भने अंग्रेजीको हिज्जेसम्बन्धी नियमहरु अनावश्यक रुपमा जटील छन् र त्यसलाई सरलीकरण गरिनुपर्छ । तयही मान्यताका आधारमा उनले अंग्रेजी शब्दहरुको हिज्जेसम्बन्धी नियमलाई अमेरिकीकरण गर्दै सरल तुल्याएका थिए । उदाहरणको लागि परम्परागत अंग्रेजीमा Colour लाई color, centre लाई Centre मा परिणत गर्ने काम उनको त्यही मान्यतामा रहेर गरिएको थियो ।

रोचक कुरा के छ भने वेव्स्टरले लेखेका उक्त शब्दकोषको शुरुको संस्करण २५ सय प्रति मात्रै विकेको थियो । उनले त्यसको दोस्रो संस्करण निकाल्नका लागि आफ्नो घर नै धितोमा राखेका थिए ।

सन् १८४० मा उनको शब्दकोषको दोस्रो संस्करण दुई खण्डमा प्रकाशित गरिएको थियो । सन १८४३ मा आफ्नो शब्दकोषको अनुसूचीहरुलाई परिमार्जन गरेको केही दिनपछि नै उनको निधन भएको थियो ।

झनै रोचक कुरा के छ भने वेव्स्टर क्रिश्चियन थिए र उनी भन्ने गर्थे, ‘बाइबलबिना अध्ययन वेकार छ ।’ उनको शब्दकोषमा सत्तरीहजार शब्दहरु तथा ६ हजार सन्दर्भहरु बाइबलको छ । बाइबललाई शब्दहरुको अर्थ बुझाउनको लागि  सन्दर्भको रुपमा प्रयोग गरिएको यो नै मुलधारको एक मात्र शब्दकोष मानिन्छ । कतिसम्म भनिन्छ भने, बाइबल अध्ययन गर्नेहरुका लागि यो एउटा अति आवश्यक औजार हो ।

Title Photo: https://www.theparisreview.org

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप