
डुम र मुसहर समुदायका १ सयभन्दा बढी परिवारलाई सोलार वितरण

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका अन्तरगत डुम र मुसहर समुदायका एकसय १० परिवारलाई सोलार बत्ति वितरण गरीएको छ । मंगलवार एक विशेष कार्यक्रमको आयोजना गरी नगर प्रमुख धर्मेन्द्र पटेलले १ सय १० परिवारलाई सोलार बती वितरण गरेका हुन् ।
नेपाल सरकार उर्जा मन्त्रालयको वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको सहयोगमा उक्त सोलार वत्ति वितरण गरिएको प्रमुख पटेलले बताए । वितरण गरीएको २० वार्डको सोलार प्यानल बाट रातभरी चारवटा सिएफएल बल्ब बाल्न सकिने बताइएको छ ।
तराईका अति विपन्न दलित मानिने डुम र मुसहर समुदायको अधिकांश घरमा विद्युत लाईन नहुने हुँदा सोलार वत्ति वितरणले प्रत्यक्ष लाभ हुने नगरपालिकाकी उपमेयर परनिया देवी पटेलले जानकारी दिएकी छिन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ