गुगललाई १७० मिलियन डलर जरिवाना, युट्युबमा गोपनियता उल्लंघन गरेको आरोप
एजेन्सी-अमेरिकास्थित फेडरल ट्रेड कमिशन (एफटीसी) र न्यू योर्कको अटर्नी जनरल (महान्यायधिवक्ता) को कार्यालयले गुगललाई १७० मिलियन डलर जरिवाना गरेको छ । युट्युबमा बालबालिकाको गोपनीयता उल्लंघन गरेका कारण यति धेरै जरिवाना गरिएको बताइएको छ ।
भिडियो साइटले जानाजानी र अवैध रूपमा युवाको बारेमा सूचना संकलन गरेको र यो डेटा बच्चाहरूका लागि लक्षित गर्न प्रयोग गरेको आरोप समेत गुगलमाथि लगाइएको छ । युट्युबले बालबालिकाको अनलाइन गोपनीयता सुरक्षा ऐनलाई समेत उल्लंघन गरेको आरोप एफटिसी र अटर्नी जनरलले लगाएका छन् । ती निकायले यूट्यूबलाई आफ्नो बाल नीति परिवर्तन गर्न निर्देशन समेत दिएका छन् । बच्चाको गोपनीयता ऐन अन्तर्गत अमेरिकामा गरिएको यो अहिलेसम्मकै सबैभन्दा धेरै ठूलो रकमको जरिवाना हो ।
यो सजाय तोकिएसँगै अमेरिकी अधिकारीहरूले गुगलको स्वामित्वमा रहेको युट्युबले गलत तरिकाले बच्चाहरूको डाटा संकलन गरिहेको समेत आरोप लगाएका छन् । अधिकारीहरूले युट्यूबले बच्चाहरूबाट जानकारी धेरै जानकारी संकलन गर्ने र यसलाई विज्ञापन बढाउन प्रयोग गरेर लाखौं डलर कमाउने गरेको आरोप समेत लगाएका छन् ।
गुगल(ट्यूब) जरिवाना तिर्न सहमत भएको समेत अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो जरिवानामध्ये १३० मिलियन डलर एफटीसीमा र ४० मिलियन डलर न्यु योर्क अटर्नी जनरलमा लिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै