शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘साहो’का निर्देशकले लेखे भावुक पोष्ट, दर्शकलाई दोस्रोपटक फिल्म हेर्न अपिल

बिहीबार, १९ भदौ २०७६, ०८ : ५०
बिहीबार, १९ भदौ २०७६

हालै रिलिज भएको ‘साहो’ का निर्देशक सुजितले इन्स्टाग्राममा एउटा भावुक पोष्ट सेयर गरेर दर्शकलाई दोस्रोपटक फिल्म हेर्न अपिल गरेका छन् । उनले पोष्टमा आफ्नो फिल्म निर्माण यात्रा सेयर गर्दै दर्शकले किन दोस्रोपटक फिल्म हेर्नुपर्छ भनेर पनि जानकारी दिएका छन् ।

सुजितले लेखेका छन्, ‘जब म १७ वर्षको थिएँ तब पहिलो शर्ट फिल्म बनाएको थिएँ । न पैसा थियो, न टिम तर अरकुट र परिवारको अत्यधिक समर्थन थियो । उक्त शर्ट फिल्मको ९० प्रतिशत भाग मैले नै छायांकन, निर्देशन र एडिट गरेको थिएँ ।’

‘मैले गल्तीले सिकेको छु’

सजितले थप लेखेका छन्, ‘मैले आफ्नो गल्तीले सिकेको छु । आलोचना मेरो यात्रामा सधैं एक्स्ट्रा बुस्टको रुपमा रह्यो । निकै लामो यात्रा निश्चित गरेँ र  विभिन्न बाधाको सामना गर्नुपर्यो । तर कहिले पनि हार मानिनँ । आज थुप्रैले ‘साहो’ हेर्नुभएको छ । कतिले धेरै अपेक्षा गर्नुभएको थियो तर कतिलाई यो मनपर्‍यो । फिल्म हेरेकोमा सबैलाई धन्यवाद । यदि केही छुटेको महसुस भएको छ भने यो पुनः हेर्नुहोला । मलाई विश्वास छ तपाईंलाई थप मज्जा आउनेछ ।’

खराब रिभ्यु तर राम्रो कमाईः

शुक्रबार (३० अगस्ट) मा रिलिज भएको प्रभास र श्रद्धा कपुर स्टारर फिल्मले नै खराब रिभ्यु पाएको थियो । तर पनि यसले बक्स अफिसमा राम्रो कमाई गर्न सफल भएको छ । सुरुवाती पाँच दिनमा संसारभरी यसको कमाई करिब ३५० करोड भारु भइसकेको छ । ट्रेड एनालिस्ट रमेश बालाले आफ्नो ट्वीटमा लेखेका छन्, ‘भारतको सबैभन्दा ठूलो ब्लकबस्टर बन्नेतर्फ । प्रभासको ‘साहो’ ले पाँच दिनमा विश्वव्यापी ३५० करोडको ग्रस कलेक्सन गरेको छ ।’

ट्रेड एनालिस्ट तरन आदर्शको ट्वीट अनुसार फिल्मको हिन्दी संस्करणले पाँच दिनमा घरेलु बक्स अफिसमा सय करोड भारुको आँकडा पार गरेको छ । उनका अनुसार फिल्मले शुक्रबार २४.४० करोड भारु, शनिबार २५.२० करोड भारु, आइतबार २९.४८ करोड भारु, सोमबार १४.२० करोड भारु र मंगलबार ९.१० करोड भारु कमाई गरेको छ । भारतमा हिन्दी संस्करणको कुल कमाई १०२.३८ करोड भारु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप