शनिबार, २९ मङ्सिर २०८१
ताजा लोकप्रिय

चीनमा जर्मनीको लगानी ६२.७ प्रतिशतले वृद्धि

बिहीबार, १९ भदौ २०७६, २२ : ३०
बिहीबार, १९ भदौ २०७६

बेइजिङ- सन् २०१९ को पहिलो सात महिनामा चीनमा जर्मनीको लगानी ६२.७ प्रतिशतले वृद्धि भएको बेइजिङले जनाएको छ । 

चीनको बाणिज्य मन्त्रालयका प्रवक्ता काओ फेङले बिहीबार एक पत्रकार सम्मेलनमा बताए, “सन् २०१९ को जनवरीदेखि जुलाईसम्ममा चीनमा जर्मनीको लगानी एक अर्ब १७ करोड अमेरिकी डलरले वृद्धि भएको र द्विपक्षीय व्यापारमा २।४ प्रतिशतले वृद्धि भई झण्डै एक अर्ब सात करोड अमेरिकी डलर पुगेको तथ्याङ्कले देखाएको छ ।”
  
त्यस्तै चीनले जर्मनीमा सोही समयमा एक अर्ब १ करोड अमेरिकी डलर लगानी गरेको र यो अघिल्लो बर्षको तुलनामा २७।६ प्रतिशतको वृद्धि हो । 

जर्मनीको लागि चीन लगातार तीन बर्षसम्म सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको छ । जर्मनीका कम्पनीहरूका लागि चीन एक मन पर्ने गन्तब्यका रूपमा रहेको काओले उक्त अवसरमा बताए ।

सन् २०१८ मा चीन र जर्मनीबीचको द्विपक्षीय व्यापार ९।४ प्रतिशतले वृद्धि भएको थियो जुन अहिलेसम्मकै उच्च दर हो । यसबाट दुई देशबीचको कारोबार एक खर्ब ८३ अर्ब ९० करोड पुगेको थियो । -सिन्ह्वा/photo: Bloomberg

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप