बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एसिड आक्रमणमा घाइते छात्राको उपचारका लागि सांसद यादवद्वारा ५० हजार रुपैयाँ सहयोग

शुक्रबार, २० भदौ २०७६, १२ : ०२
शुक्रबार, २० भदौ २०७६

वीरगञ्ज । एसिड प्र्रहारबाट घाइते भएकी छात्राको उपचारका लागी संघीय सांसद प्रदीप यादवले ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

त्रिभुवन उच्च मावि कक्षा ९ मा अध्ययनरत छप्कैया–२  निवासी १५ बर्षीय मुस्कान खातुन माथि दुई जना युवाहरुले एसिड प्रहार गरी घाइते बनाएका थिए ।


तत्कालै उनको उपचारका लागी नारायणी अस्पतालमा लगिएपनि अवस्था गम्भीर भएकोले थप उपचारको लागि काठमाण्डौ रेफर गरिएको हो ।

नारायणी अस्पतालमा पुगेर सांसद यादवका स्वकीय सचिव निखिल वर्णवालले पीडित छात्राको परिवारलाई नगद ५० हजार हस्तान्तरण गरेका थिए ।

काठमाडौँमा हुने उनको उपचार सांसद यादवकै पहलमा हुनेछ । छात्राको एसिड प्रहारबाट मुख, हात, छाती पाखुरामा गम्भीर घाउ भएको छ ।

घटनामा संलग्न छपकैया निवासी सम्साद मियालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । घटनामा संलग्न माजिद आलमलाई प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

सांसद यादवले छात्रामाथी भएको घटना दुख्द भएको र घटनामा संलग्नहरुमाथि ज्यान मार्ने मुद्दा चलाई आवश्यक कार्यवाही गर्न सिडिओ र एसपीलाई निर्देशन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप