शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साहोको कमाईले गद्गद प्रभास, यसरी गरे आभार व्यक्तः ६ दिनमा फिल्मले कमायो यति

शुक्रबार, २० भदौ २०७६, १२ : ४०
शुक्रबार, २० भदौ २०७६

चर्चित अभिनेता प्रभास आफ्नो हालै रिलिज भएको फिल्म ‘साहो’ ले पाएको सफलताका कारण निकै गद्गद छन् । प्रभास र श्रद्धा कपुरको फिल्म बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । र अब प्रभासले आफ्ना प्रशंसकलाई आभार व्यक्त गरेका छन् ।

प्रभासका फ्यान फलोविङ धेरै छन् । उनले आफ्नो सोसल मिडियामा प्रशंसकलाई धन्यवाद दिँदै लेखेका छन्, ‘मेरा प्यारा प्रशंसक र दर्शक, साहोका लागि बिना शर्त तपाईंको असिम मायाका लागि धन्यवाद । यो फिल्म तपाईंको प्रेम र विश्वासका कारण चलेको छ । तपाईंहरु सबैलाई धेरै माया !’

यो फिल्मले सबै भाषामा राम्रो कमाई गरेको छ । साहोमा ज्याकी श्रोफ, निल नितिन मुकेश, मन्दिरा बेदी, चंकी पाण्डे, महेश मांजरेकर, अरुण विजय, मुरली शर्माको पनि मुख्य भूमिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप