शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युवकको हत्यारालाई कारवाहीको माग गर्दै सदरमुकाम बन्द

शुक्रबार, २० भदौ २०७६, १३ : १८
शुक्रबार, २० भदौ २०७६

महोत्तरी– युवकको हत्यारालाई कारवाहीको माग गर्दै आज महोत्तरीको सदरमुकाम जलेश्वर बन्द गरिएको छ । गत साउन १६ गते जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–६ स्थित रातो खोलामा स्थानीयवासी २९ वर्षीय सरोजकुमार साहलाई हत्या गरेर फालिदिएको अवस्थामा शव बरामद भएकामा प्रहरीले अहिलेसम्म हत्यारा पत्ता नलगाएको भन्दै पीडित परिवार र जलेश्वरका बासिन्दाले आज जिल्ला सदरमुकाम जलेश्वर बन्द गराएका छन् ।

आज बिहानैदेखि जलेश्वरका सबै पसल, बजार, उद्योगधन्दा र कलकारखानाहरु बन्द गराउँदै उनीहरुले प्रहरीविरुद्ध नाराबाजीसमेत गरेका छन् ।  बन्दका कारण जलेश्वरका जनजीवन प्रभावित बनेको छ ।  प्यान्ट र गञ्जी मात्रै लगाएको, नाकबाट रगत बगेको तथा शरीरको अन्य भागमा चोटपटक लागेको सरोजलाई हत्या गरेको अवस्थामा प्रहरीले  रातो खोला किनारमा फालिएको अवस्थामा शव बरामद गरेको थियो । 

यता युवक साहको हत्याको आरोपमा प्रहरीले दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । साथै उनले घटना रहस्यमय रहेको बताउँदै आवश्यक अनुसन्धानका लागि समय लाग्ने तर हत्यारा अवश्य पत्ता लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप