शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अक्षय कुमारसँग  २६० करोडको प्राइभेट जेट, ८० करोडको बंगलासहित यस्ता छन् पाँच अत्यधिक महँगा वस्तु

आइतबार, २२ भदौ २०७६, १२ : २२
आइतबार, २२ भदौ २०७६

बलिउडका खेलाडी कुमार भनिने अक्षय कुमारको सेप्टेम्बर ९ मा जन्मदिन हो । सन् १९६७ को सेप्टेम्बर ९ मा अमृतसरमा उनको जन्म भएको थियो । अक्षय कुमारको वास्तविक नाम राजिव हरिओम भाटिया हो । सन् १९९१ मा रिलिज भएको फिल्म ‘सौगन्ध’ बाट बलिउडमा डेब्यू गर्ने अक्षय कुनैबेला बैंककमा वेटरको काम गर्दथे । मेहनत र लगनको बलमा अक्षय कुमार हालै संसारको सबैभन्दा धेरै कमाई गर्ने चौथो नायक बनेका छन् । फोर्ब्सद्वारा जारी गरिएको सूचीमा उनी चौथो स्थानमा छन् ।

लाखौं प्रशंसक भएका नायक अक्षय कुमारबारे धेरैलाई धेरै कुरा थाहा छ तर आज हामी अक्षय कुमारको विलासी जीवनशैली र रुचीबारे जानकारी दिँदै छौं । अक्षय कुमार ६९ मिलियन डलरको कमाईसहित संसारको सबैभन्दा कमाई गर्ने सेलिब्रिटीको सूचीमा चौथो स्थानमा रहन सफल भएका छन् । यो सूचीको शीर्ष १० मा स्थान बनाउन सफल उनी एक्ला बलिउड नायक हुन् । उनको कूल सम्पत्ति १,०२८ करोड भारुभन्दा बढी छ । अक्षय कुमार नीजि जेटमा यात्रा गर्छन् र भव्य बंगलामा बस्छन् । उनी महँगो कार र बाइकका शौखिन हुन् । उनीसँग एकसे एक विलासी कार र स्पोर्टस् बाइक छन् ।

२६० करोडको प्राइभेट जेटः

देश विदेशमा यात्रा गर्नका लागि अक्षय कुमार आफ्नो नीजि विमानको प्रयोग गर्छन् । बलिउडका सिमित सेलिब्रिटीसँग मात्र प्राइभेट जेट छ । विभिन्न तस्बिरमा अक्षय कुमारको जेट विमानको झलक देखिएको छ । रिपोर्ट अनुसार यसको मूल्य २६० करोड भारु हो ।

प्राइम बीच बंगलाः

मुम्बईको जुहू बीचमा अक्षय कुमार ८० करोड भारुको प्राइम बीच बंगलामा बस्छन् । यो बंगलाबाट समुन्द्र देखिन्छ । यसको पूरा इन्टेरियर अक्षय कुमारकी श्रीमती एवं अभिनेत्री टिवंकल खन्नाले तयार गरेकी हुन् ।

Bentley Continental Flying Spur

रोल्य रोयल फ्यान्टमबाहेक अक्षय कुमारसँग द्यBentley Continental Flying Spur पनि छ जसको मूल्य ३.२ करोड भारु छ । यो कार पनि भारतमा तीन सेलिब्रिटीसँग मात्र छ । उनीसहित अमिताभ र शाहरुख खानसँग पनि यो कार छ ।

रोल्स रोयस फ्यान्टमः

अक्षय कुमारको शौख निकै महँगो छ । यसैकारण उनीसँग एक से एक महँगा कार छन् । उनीसँग रोल्स रोयस फ्यान्टम कार छ जसको मूल्य ३.३४ करोड भारु छ । यो कार बलिउडका चार सेलिब्रिटीसँग छ जसमा अमिताभ बच्चन, शाहरुख खान र प्रियंका चोपडा समावेश छन् ।

यामाहा भि म्याक्सः

अक्षय कुमारसँग यामाहा भि म्याक्सजस्ता शानदार बाइक छ जसको मूल्य २५ लाख भारु हो । यो बोइक अक्षय कुमारलाई यामाहा कम्पनीले उपहारस्वरुप दिएको थियो । सेटमा सुटिङबाट समय निकालेर अक्षय यो बाइकमा घुमिरहेको देख्न सकिन्छ । यसका सागै उनीसँग २० लाख भारुकोस हार्ले डेभिडसन बाइक पनि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप