शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अभिषेक बच्चन र विवेक ओबरोयले एकअर्कालाई अँगालो हाले, के वैमनश्यता बिर्सिएकै हुन् ?

सोमबार, २३ भदौ २०७६, ०८ : ३३
सोमबार, २३ भदौ २०७६

यस्तो लाग्छ कि अब विवेक ओबरोय र अभिषेक बच्चनबीच सबैकुरा ठिक भइसकेको छ । उनीहरुले आफ्नो सबै वैमनश्यता बिर्सिएका छन् । हालैको उनीहरुको व्यवहार देखेर मानिसहरुले यस्तै अड्कलबाजी गरिरहेका छन् ।

वास्तवमा ब्याडमिन्टन स्टार पि.वि. सिन्धुका लागि आयोजित एक सम्मान समारोहमा थुप्रै फिल्मी कलाकारको उपस्थिती थियो । यसमा अभिषेक र विवेक पनि समावेश थिए ।


दुईको रेड कार्पेटमा भेट हुँदा एक–अर्कालाई अँगालो हाले । यो दृश्य निकै रोचक थियो । विवेक हात बाँधेर उभिएका थिए र अगाडि अभिषेक आफ्ना बुवा अमिताभ बच्चनसँग उभिएका थिए । दुबैको आँखा जुध्यो र सबैकुरा बिर्सिएर अँगालो हाले ।

स्मरण रहोस्, विवेक कुनै जमानामा अभिषेककी श्रीमती ऐश्वर्या रायसँगको सम्बन्धमा थिए । तर पछि कुनै कारणवश दुबै अलग्गिए । त्यसपछि यी दुईले आफूहरुबीच कुनै प्रकारको सम्बन्ध स्थापित गर्ने कोसिस गरेनन् न नै कुनै फिल्ममा काम गरे । यहाँसम्म कि अभिषेकले पनि विवेकसँग दुरी स्थापित गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप