ऋतिक रोशनले कट्रिना कैफलाई बताए ‘मजदुर’: भने, ‘मात्र बाहिरी सुन्दरता...’
बलिउड नायक ऋतिक रोशन र नायिका कट्रिना कैफ थुप्रै फिल्ममा देखिइसकेका छन् । यी दुईको केमेस्ट्रि ठूलो पर्दामा दर्शकले निकै रुचाएका छन् पनि चाहे त्यो ‘ब्यांग ब्यांग’ होस् वा ‘जिन्दगी ना मिलेगी दोबारा ।’ तर हालै दिएको एक अन्तरवार्तामा उनले कट्रिनालाई ‘मजदुर’ बताएका छन् जसले धेरैलाई चकित बनाएको छ ।
हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा कट्रिना कैफबारे उनले भने, ‘यो कुरा म कट्रिनालाई सधैं भन्न चाहन्थेँ । जसलाई उनी एक अपमानको रुपमा लिन्छिन् तर यसको अर्थ यो हो कि म राम्रो उद्देश्यसहित उनको प्रशंसा गर्छु ।’
ऋतिक रोशनले भने, ‘म कट्रिनालाई एक ‘मजदुर ठान्छु । अहिलेसम्म मैले जोसँग काम गरे, उनी सबैभन्दा उत्कृष्ट हुन् ।’
कट्रिना कैफको तारिफ गर्दै ऋतिक रोशन थप्छन्, ‘म तपाईंलाई भनिरहेको छु कि उनीभित्र ‘मजदुर’ छ । उनी हेर्दा मात्र सुन्दर र हट देखिन्छिन् । यो बाहिरी सुन्दरता मात्रै हो तर उनीभित्र एक मजदुर छन् । उनी निकै प्रतिभाशाली छिन् । ’
कामको कुरा गर्नु पर्दा हालै ऋतिक रोशनको फिल्म ‘सुपर ३०’ रिलिज भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न महासचिव ‘विप्लव’ बालुवाटारमा
-
उमेश श्रेष्ठको पाँच पन्ने निवेदन : रवि उम्मेदवार नभएपछि मलाई निर्वाचित भएको घोषित गरियोस्
-
रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्यो
-
बागमती प्रदेशसभा : १६ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन
-
परवेज मुशर्रफ : सेना प्रमुख देखि सैन्य ‘कू’ र पछि पाकिस्तान छोड्नेसम्मको यात्रा
-
अभिनयमा ब्यस्त बन्दै मिस पबी !