बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पत्नी वियोगको पीडा सहन नसकेर युवकले गरे आत्महत्या

मङ्गलबार, २४ भदौ २०७६, १६ : ५८
मङ्गलबार, २४ भदौ २०७६

-रामहरि श्रेष्ठ

ओखलढुंगा–ओखलढुंगामा पत्नी वियोगको पीडा सहन नसकेर एक युवकले आत्महत्या गरेका छन् । जिल्लाको चिशंखुगढी गाउँपालिका ६ भदौरेका २२ वर्षीय नविन परियारले आईतबार आत्महत्या गरेका हुन् । गत जेठ महिनाको अन्तिम साता बैबाहिक बन्धनमा बाँधिएकी खोटाङ रावाबेसी गाउँपालिका २ की  २१ वर्षीय गंगा परियारले गत भदौ ४ गते माइतीमै झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

एसइइको मौका परीक्षा दिन माइत गएको समयमा उनले झुन्डिएर आत्महत्या गरेको पारिवारिक श्रोतलाई उदृत गर्दै भदौरे ६ का वडा अध्यक्ष कृष्णबहादुर केप्छाकी मगरले बताए । वैवाहिक बन्धनमा बाँधिएपछि गंगा घरमा बस्दै आएकी थिइन् भने नविन कामको सिलसिलामा काठमाडौंमा बस्ने गरेका थिए । तर श्रीमती परीक्षा दिन माइत जाने भएपछि घर आएका नविन परीक्षा सकेको २ दिन पनि नबित्दै श्रीमतीले आत्महत्या गरेपछि बिछिप्त बनेका थिए । गंगाले आत्महत्या गर्नुको कारण नखुलेपनि नविनले भने पत्नी वियोगका कारण आत्महत्या गरेको पुष्टि भएको छ ।

घर नजिकै रहेको रुखमा सलको पासो लगाएर आत्महत्या गरेका नविनले आत्महत्या गर्नुअघि श्रीमतीको नाममा लेखेको चिठ्ठी समेत फेला परेको छ । चिठ्ठीमा उनले लेखेका छन्, ‘प्यारी श्रीमती ! तिमी म भन्दा अगाडी गयौ, म पनि तिम्रो पछिपछि आउँदैछु , यो कदम मैले कसैको करकापले लिएर हैन’ भनि लेखेका छन् । दुई छोरा रहेको परिवारमा कान्छा छोरा–बुहारीले आत्महत्या गरेपछि सो परिवार बिछिप्त छ । आत्महत्यापछि नविनको शवलाई पोष्टमार्टम गर दाहासंस्कार गरिएको परिवारिक श्रोतले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप