पेट्रोलियम पाइपलाइनको उद्घाटनपछि ट्वीटरमा मोदीको खुसी !

person explore access_timeभदौ २४, २०७६ chat_bubble_outline1

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटनपछि खुसी व्यक्त गरेका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं र भारतीय प्रधानमन्त्री मोदीले नयाँ दिल्लीबाट एकै पटक स्वीच थिचेर भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्ज सम्मको ७० किलोमिटर लामो क्रसबोर्डर पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका थिए । 


भारतीय प्रधामन्त्री मोदीले ट्वीट गर्दै मोतीहारी–अमलेखगंज पाइप लाइन दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पाइपलाइन भएको भन्दै रिकर्ड समयमा पूरा भए भन्दै आयोजनाबाट सन्तुष्टि मिलेको उल्लेख गरेका छन्। 

उनले लेखेका छन्, ‘तपाईहरु खुशी हुनुहुनेछ कि यो परियोजना निर्धाति समयभन्दा धेरै अघि नै सम्पन्न भयो ।प्रगतिको फल मित्र राष्ट्रहरुसँग बाँड्दै !’ निर्माण सम्पन्न अवधिभन्दा आधा समय अगाडि नै आयोजना सकिएको भन्दै उनले यसको श्रेय ओलीको नेतृत्वलाई दिएका छन् ।

भारतले सहयोग गरेको क्षेत्रमा प्रगति भइरहेको भन्दै मोदीले अझै नेपालसँगको साझेदारीलाई कायम राख्ने प्रयत्न गर्ने बताए । मोदीले अन्तिम ट्वीटर लेखेका छन्, ‘मोतिहारी–अमलेखगञ्ज पाइपलाइनले नेपालका जनतालाई सुलभ मूल्यमा अझैं सफा पेट्रोलियम पदार्थ दिनेछ । म हर्षित छु कि नेपाल र भारतबीचको सहकार्यले हाम्रा जनताको परस्पर लाभका लागि नयाँ उचाइ प्राप्त गर्दैछ ।’
 

कमेन्ट

  1. Sept. 11, 2019, 7:19 a.m. रामेश्वर खनाल
    It was 100 arba, 100 carod was promised for the development of janakpur. But let it be. Bharat herself is suffering from mass poverty so she should work for her own poor people. Nepal can manage herself. No need for donation. Hearty gratitude for Pipeline BHARAT
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।