आमा र यमदूत

म इतिहासको कुन कालखण्डमा छु : संकीर्ण पञ्चायती तानाशाहीमा कि उदार भनिने पूँजीवादी प्रजातन्त्रमा ? access_timeकात्तिक २९, २०७७

  चालीस प्रश्नको धोक्रो बोकेर ठसठस कन्दै बडीबाजेका पछिपछि कुद्ने गरुडमा चाकरी प्रवृत्ति घनिभूत हुँदै गएको छ । यस्तो लाग्छ, उनी भोको कुकुर लोभी आँखाले मालिकलाई हेरेर पुच्छर हल्लाउँदै पाउमा लुटपुटिएझैँ लुट्पुटिन थालेका छन्, “हे दयासिन्धो ! हे भगवान् ! ...

जहाँ भोक र प्यासको अस्तित्व नै छैन, access_timeकात्तिक २६, २०७७

    सैँतीस यमलोकस्थित यमराजको सहर कस्तो छ ? त्यहाँ जाने बाटा कस्ता छन् ? यसको वृत्तान्त सुन्न पाऊँ, प्रभो, जहाँ जाने सौभाग्य धनी, दानी र वेदपाठी ब्राह्मणलाई मात्र प्राप्त हुन्छ । श्री बडीबाजे उवाच, “हे गरुड ! नारद आदि देवर्षिहरूले जानमा योग्य भएक...

छोरालाई सबै शक्ति र सम्मान अनि छोरीलाई सबै शक्तिहीनता र अपमान भाग लगाउने संशोधनवादी पुरोहित को होला ? access_timeकात्तिक २२, २०७७

    तेत्तीस गरुड पुराणको अर्को अध्याय सुरु भयो । मानौँ कि मृतकको छोरो छैन । त्यस्तो अवस्थामा क्रिया कसले गर्ने ? जिब्राका टुप्पामा सबै उत्तरहरूले सज्जित भएका बडीबाजे उत्तर दिनुअघि जीवनको क्षणभङ्गुरताबारे एक लेक्चर दिन्छन् । हजारौँ वर्षसम्म रात–दिन...

गाई–गोरु दान गर्नलाई त हामी चार दाजु–भाइले विर्तामोडभरिका सारा गाई–गोरु चोर्नुपर्ने भो नि ! access_timeकात्तिक १८, २०७७

    उनन्तीस साँझपख म चुरोटको सर्को उडाउँदै बाँसझ्याङछेउको बाटोमा टहल्दै थिएँ, घर हिँडेका पुरोहित बाजे लमक–लमक लम्किँदै मतिर आए । उनका निधारमा तीन धर्के चन्दन थियो र काखीमुनि थियो एउटा सानो पोको । मलाई देख्दा बाजेको मुखमण्डलमा असहज भाव छ...

“बूढा ! छोराले त नरकबाट रक्षा गर्न नसक्ने भो नि !” access_timeकात्तिक १५, २०७७

Title Photo Background: https://www.facebook.com       सत्ताइस चर्को घाममा टलक्क चिन्डे टाउकामाथि लामो लर्कने टुप्पी, निधारमा तीनधर्के चन्दनमुनि नाकेडाँडीको फेदमाथि रातो टीका, काँधमा जनैको पासो, जाँघमा धोतीको परिधान— कथावाचक...

तुच्छ दानका लागि हात–पाउ टेकेर धूलो चाट्न अभिशप्त सिङ्गो नरलोकका सबैभन्दा दुःखी मानिस हिन्दू कर्मकाण्डी पुरोहित access_timeकात्तिक १२, २०७७

        चौबीस अहिले दुई अध्यायबीचको छोटो अन्तरालमा कटहरको विशाल वृक्षको छायामा म एक्लै बसेको छु । “आफूले पुजीआएका ब्राह्मणलाई छाडेर अरुलाई जो दान दिइन्छ त्यसलाई अतिक्रमण भनिन्छ ।” बाजेको यो वचन मेरा कानमा गुनगुनाइरह...

म कस्तो छोरो, जसलाई आफ्नी आमाको नामसम्म पनि थाहा छैन ? access_timeकात्तिक ८, २०७७

बाइस मानिसको नाम जगत‍्सँग सम्पर्क राख्ने उसको नितान्त अन्तरङ्ग माध्यम हो । अनि जगत्सँग अन्तर्क्रिया गर्ने उसको माध्यम पनि त आखिर नाम नै हो । प्रत्येक मानिस सामाजिक समष्टिको एक विशिष्ट एकाइ हो, र ऊ स्वयंमा एक स्वायत्त सत्ता पनि हो । उसको यो विशिष्टता र उसको यो स्वायत्तता...

ती को हुन्, जो वैतरणी नदीको यातनापथतर्फ घिसारिन अभिशप्त छन् ? access_timeकात्तिक ५, २०७७

        बीस “श्री गणेशाय नमः”— यातना पुराणको तेस्रो अध्यायको द्वार खुल्यो । गरुड नामक पात्रको यम–मार्ग छिचोलेर यमालयमा पुगेको प्रेत–मनुष्यले कस्तो यातना भोग गर्छ भन्ने प्रश्नको उत्तरमा श्री भगवान् नामक पा...

पुस्तौँदेखि यातना र घृणाका कथा भन्न अभ्यस्त भएका बाजेको प्रसन्नताको जलप लाग्दै गरेको अनुहार access_timeकात्तिक १, २०७७

        अठाह्र भयाक्रान्त श्रोताहरूका शिरमा भएको जगरणकारी जलवृष्टिसँगै सुरु भयो यातना पुराणको दोश्रो अध्याय, “श्री गणेशाय नमःः । हरि ओम् तत्सत् ।” कथा आतङ्कमयबाट झन् आतङ्कमय हुँदै अघि बढ्यो । गरुड नामक उनै पात्रको जिज्ञासा...

“कान्छा ! पुरेतले पुराणमा भनेका कुरा सत्य होलान् ?” access_timeअसोज २८, २०७७

पन्ध्र मौसममा उग्र प्राकृतिक उष्णता व्याप्त छ, मेरो भग्न चित्तमा पराजयबोधबाट उत्पन्न सन्तापको उष्णता व्याप्त छ । यो कोल्टो र ऊ कोल्टो फेर्दाफेर्दै मेरा कोल्टाहरू थकित र गलित भइसके । दिउँसो रणचण्डीको रूप धारण गरेर ममाथि खनिने क्रोधी र कर्कशा नारीको गर्जनले मेरो चैतन्य अझै आक्...

हिन्दु कर्मकाण्डको छत्रछायामा परिवारमा जात विभाजन access_timeअसोज २३, २०७७

        एघार हिन्दु कर्मकाण्डको छत्रछायामा हाम्रो परिवार चार जातमा विभाजित भयो । पुरोहित बाजे दाइहरूले पकाएको समेत पनि नखाने उच्च तहका शुद्ध ब्राह्मण भए । टुप्पीयुक्त चिन्डे टाउका लिएर आमाको काजक्रिया गर्न एउटै कोठामा कैद भएका दाइह...

यो सरल र सोझो कुरो हो, गुरु । कर्मकाण्डको चक्रव्यूहमा म प्रवेश गर्दिनँ ! access_timeअसोज २१, २०७७

      आठ बेलुका नाइट बस चढेर मैले विर्तामोडतिर लागेँ । साथमा साँल्दाइको छोरो, मेरो भतिज सुरेश थियो, यात्राको साथी । टिकट उसले दिउँसै मिलाएको रहेछ । आधा तन्द्रा, आधा जागा— हुइँकिरहेको बसमा मेरो रात यसरी नै बित्यो । पूर्व जाँदा ...

‘काजक्रियाको चलिआएको रीतमाथि मेरो विश्वास छैन, काका ! त्यसैले म केही पनि गर्दिनँ’ access_timeअसोज १६, २०७७

      छ विहान पाँच बजे म ब्युँझिएँ । मेरा हात–गोडा त्यसैत्यसै विलाएका थिए । मन मरेको थियो । हिजो र आजमै यो कत्रो फरक ! हिजो बिहान म उठ्दा आमा जीवित हुनुहुन्थ्यो, मलिन आँखाले कसरी सिलिङतिर ट्वाल्ल हेरिरहनुभएको थियो ! “कस्...

हेर्दा–हेर्दै, मेरा आँखैअगाडि मलाई जन्म दिने आमा कतै शून्यमा अलप हुनुभयो access_timeअसोज १३, २०७७

      चार श्रीमतीजी क्याम्पसबाट फर्किँदा आत्मिक अर्थमा आमाको अन्त्य भइसकेको थियो । “आमा !” आमाको निधार छाम्दै उनले डाकिन् । आमाका आँखाका पुतली नजानिँदो गरी चल्मलाएझैँ लाग्यो । तर लोलाएका ती आँखा पुनः सिलिङमै गएर टक्क अडि...

आमाका लागि सबैभन्दा अप्रिय चिज मुत्यु access_timeअसोज १०, २०७७

        दुई हो, पाँचै दिनमा प्रलय भयो । जनताका गाँस खोसेर सत्ताको ढुकुटीमा सञ्चित गरिएको धन लुछाचुँडी गर्ने लम्पट प्रतिस्पर्धामा चमाले सरकारको जन्म भएको थियो । हिजैसम्म त हो, हँसिया–हथौडाधारी एमाले राप्रपालाई पुनरोत्थावा...

परिमार्जित ‘आमा र यमदूतहरु’ access_timeअसोज ६, २०७७

      एक राजनीतिक परिस्थिति प्रतिकूल छ । र, यस प्रतिकूलताको पाइदा उठाएर मृत्युले यतिखेर हाम्रो घरमा सङ्कटकालको घोषणा गरेको छ । डाँडाको जूनजस्ती हुनुहन्छ त्रियासी हिउँद काटी चौरासियौं हिउँद टेक्ने सपना साँचेर बाचिरहेकी हाम्री आमा । भौ...