कर्णाली प्रदेश

चाडपर्व सुरक्षाका लागि कर्णालीमा चार हजार प्रहरी खटाइने access_timeअसोज ८, २०७९

ठूला चाडपर्व नजिकिएसँगै हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा चार हजारभन्दा बढी प्रहरी खटाइने भएको  छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले चाडपर्व सुरक्षा योजना २०७९ जारी गर्दै हुनसक्ने आपराधिक घटना नियन्त्रणका लागि प्रदेशभर चार हजार एक सय ४१ प्रहरी जनशक्ति ...

कर्णाली प्रदेशसभाको पहिलो कार्यकालमा रु ५० करोड खर्च access_timeअसोज ७, २०७९

कर्णाली प्रदेशसभा सचिवालयले पहिलो कार्यकालमा झण्डै रु ५० करोड खर्च गरेको छ । सचिवालयका अनुसार चालुतर्फ रु ३७ करोड २८ लाख ६६ हजार तथा पुँजीगततर्फ रु ११ करोड ३७ लाख ३२ हजार खर्च भएको छ । चालुतर्फको बजेट प्रदेशसभा सदस्यहरूको पारिश्रमिक, बैठक भत्ता, भ्रमण भत्ता, अतिथि...

कर्णालीका ५३ प्रतिशत नागरिक परिवार नियोजनका साधनको पहुँचमा access_timeअसोज ५, २०७९

कर्णाली प्रदेशका ५३ प्रतिशत नागरिक परिवार नियोजनका साधनको पहुँचमा रहेको पाइएको छ । परिवार नियोजनका साधनको प्रयोग दर भने ४७ प्रतिशत रहेको छ ।  प्रदेशको सामाजिक विकास मन्त्रालयका सामुदायिक नर्सिङ अधिकृत कविता खत्रीले नेपालमा छ दशक अघिदेखि परिवार नियोजनसम्बन्...

कर्णालीमा माओवादी : जनयुद्धको आधार क्षेत्रमै गठबन्धनको सहारा किन ? access_timeभदौ १९, २०७९

सुर्खेत । नेकपा माओवादी केन्द्रका नेताहरू कर्णाली प्रदेशलाई आफ्नो आधार इलाका भन्दछन् । यद्यपि, निर्वाचनमा माओवादीले आफ्नो आधार इलाकामै पनि अन्य दलसँग तालमेल गर्ने गरेको छ । संघीयतापछि दुई वटा स्थानीय तहका निर्वाचन र एउटा राष्ट्रिय निर्वाचन भइसकेको छ । माओवादीले यी निर्वा...

पालो पुर्‍याउन कर्णालीका दुई मन्त्रीले राजीनामा दिँदै access_timeभदौ १२, २०७९

कर्णाली सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीले आज नै राजीनामा दिने भएका छन्। माओवादी स्रोतकाअनुसार सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले राजीनामा आइतबार दिउँसो तीन बजेपछि दिने ब...

फोहोरबाट ऊर्जा निकाल्दै कर्णाली प्रदेश access_timeभदौ ८, २०७९

फोहोरलाई ऊर्जामा रुपान्तरण गर्न कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले प्राविधि जडान गर्न लागेको छ । यसका लागि मन्त्रालयले चालु आव २०७९/०८० बजेट विनियोजन गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । उनले भने,“कर्णालीका सबै क्ष...

पदाधिकारी र कर्मचारीका लागि कर्णाली प्रदेशले खर्चियो वार्षिक १ अर्ब ४१ करोड access_timeभदौ ५, २०७९

पदाधिकारी र कर्मचारीका लागि कर्णाली प्रदेशले वार्षिक १ अर्ब ४१ करोड ९३ लाख ८३ हजार ४६३ रुपैयाँ खर्च गरेको छ ।  आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकारका पदाधिकारी र कर्मचारीहरुको पारिश्रमिक १ अर्ब ५ करोड १४ लाख ६२ हजार २२ रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्य...

शहीदका सपना पूरा गर्न माओवादी प्रतिबद्ध छ : पूर्व मुख्यमन्त्री शाही access_timeभदौ ४, २०७९

कर्णाली प्रदेशका संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनका क्रममा शहीद भएका व्यक्तिहरुको सपना पूरा गर्नका लागि नेकपा माओवादी प्रतिबद्ध रहेको बताएका छन् । प्रदेश स्थापना दिवस तथा सहिद दिवस–०७९ को अवसरमा शुभकामना सन्देश दिँदै उनले आन्दोलनका ...

विकास र परिवर्तनका लागि  एकता र साझा संकल्पको खाँचो छ : मन्त्री विष्ट access_timeसाउन ३१, २०७९

कर्णाली प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले जनता र जनप्रतिनिधिबीचको असमानताका कारण विकास र परिवर्तन पछि परेको बताएका छन् । विकास र परिवर्तन चाहने हो भने जनता र जनप्रतिनिधिहरु बीचको दुरी अन्त्य हुन आवश्यक रहेको उनले बताए ।  सोमबार बराहताल गाउँपालिकाको ...

माओवादीले मन्त्रीको नाम सिफारिस नगरेपछि मुख्यमन्त्री शाहीले आफैसँग राखे पर्यटन मन्त्रालय access_timeसाउन २५, २०७९

नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम सिफारिस गर्न ढलाई गरेपछि कर्णालीमा मन्त्रिपरिषद हेरफेर गरिएको छ ।  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालेका कार्चेन लामाको ६ महिने कार्यकाल सोमबार सकिएको थियो । तर सोमबार बसेको माओवादी संसदीय दलको बैठकले मन्त्रीको...

कर्णालीमा आफ्नो शक्ति नाप्दै एकीकृत समाजवादी access_timeसाउन २३, २०७९

आगामी मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाको चुनावलाई लक्षित गरेर नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेशमा आफ्नो शक्ति सन्तुलनको अवस्थाबारे बुझ्नका लागि नेताहरूलाई जिल्लाहरूमा खटाएको छ । प्रदेश कमिटीको विस्तारित बैठकले आन्तरिक शक्तिलाई मूल्याङ्कन गर्न र नेताहरूको जनस्त...

जलस्रोत तथा उर्जा विकास मन्त्रालयका ३३८ योजना सुरू नै भएन access_timeसाउन २१, २०७९

आर्थिक वर्ष २०७८/७९ मा जलस्रोत तथा उर्जा विकास मन्त्रालयले काम गर्न नसकेर तीन सय ३८ योजना  फिर्ता भएका छन्  । दुई हजार सात सय २५ योजनामध्ये तीन सय ३८ योजना काम नै सुरू नभएकाले बजेट फिर्ता भएको हो।  कर्मचारी अभावका साथै भौगोलिक रुपमा समेत विकट हुँ...

मुख्यमन्त्रीको गुनासो : मैले भनेको कर्मचारीले मान्दैनन् access_timeसाउन २१, २०७९

आफूले भनेअनुसार कर्मचारीले काम नगर्दा कर्णाली प्रदेशमा काम गरेको रकमसमेत जनताले पाउन नसकेको मुख्यमन्त्री जीवनबहादुर शाहीले आरोप लगाएका छन् ।  असार २५ गते भित्र सिस्टम बन्द हुन्छ भनि पटक पटक भन्दा पनि कर्मचारीले नमान्दा जनताले करोडौँ रकम नपाएको गुनासो गरेका छन्...

कर्णालीमा ३७ प्रतिशत कर्मचारी अभाव access_timeसाउन २१, २०७९

सुर्खेत । प्रदेश सरकार सञ्चालन भएको साढे चार वर्ष बितिसक्दा पनि कर्णाली प्रदेशले कर्मचारी अभाव झेलिरहेको छ । भौगोलिक विकटताका कारण एक त कर्मचारीको रोजाइमा कर्णाली पर्दैन भने आएका कर्मचारीहरू पनि एक वर्षभन्दा बढी टिक्दैनन् । जसले गर्दा प्रदेश सरकारको कार्यसम्पादनमा प्रत्यक्ष ...

कर्णाली सरकारको पाँच वर्षको आम्दानी १ अर्ब ४२ करोड access_timeसाउन १७, २०७९

कर्णाली प्रदेश सरकारले पाँच आर्थिक वर्षका जम्मा १ अर्ब ४२ करोड ३३ लाख ९५ हजारमात्रै आर्थिक आम्दानी गरेको छ । जबकि सोही अवधिमा अनुदानकै भरमा प्रदेश सरकारले १ खर्ब ३३ अर्ब ९१ करोड ५ लाख ६१ हजारभन्दा बढीको बजेट ल्याएको छ । प्रदेश सरकारको आम्दानी र अनुदानबीच आकाश&ndash...

कर्णाली  प्रदेशसभा : ‘प्रदेश खेलकुद विकास ऐन’  संशोधन प्रस्ताव अघि बढ्यो access_timeसाउन १७, २०७९

कर्णाली प्रदेश सरकारले ‘प्रदेश खेलकुद विकास ऐन–२०७६ लाई पहिलो संशोधन गर्न विधेयक अघि बढाएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले प्रदेशसभाको सोमबारको बैठकमा विधेयक सैद्धान्तिक छलफलका लागि सभासमक्ष प्रस्तुत गरे ।  छल...

कर्णाली प्रदेशमा पेट्रोलियम भण्डारण क्षमता बढाउँदै आयल निगम access_timeसाउन १६, २०७९

नेपाल आयल निगमले कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने योजना अघि बढाएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म पेट्रोलियम पदार्थको भण्डारण गर्ने ट्याङ्की छैन । निगमले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भण्डारण सुविधासहितको डिपो बनाउने तयारी अघि बढाएको हो । ...

कर्णाली प्रदेश : २४८८ किलोमिटर सडकमा जम्मा २१८ जना ट्राफिक प्रहरी access_timeसाउन १५, २०७९

तीन तहका सरकारले सडक सञ्जाललाई बढाउन जसरी प्राथमिकता दिएका छन्, सोही आधारमा सडक सुरक्षाको विषयलाई भने प्राथमिकता दिएको पाइँदैन । सडकको सुरक्षासम्बद्ध समस्याका बारेमा सरकार गम्भीर नबन्दा सवारी दुर्घटना बढ्नुका साथै नागरिकहरू यात्राका क्रममा सास्ती भोग्न बाध्य छन् । कुल...

विदेशमा दुःख पाएपछि स्वदेशमै कृषिमा रमाउँदै युवाहरु access_timeसाउन १३, २०७९

सानै उमेरमा विदेश गएर धेरै दुःख पाएका सिस्ने गाउँपालिका वडा नं ५ रुमालबाराका वसन्त मल्लले अहिले घरमा फर्केर भैँसी पालन व्यवसाय सुरुआत गरेका छन् । उनलाई विदेशमा गर्ने दुःखको आधा दुःखले पनि स्वदेशमै राम्रो पैसा कमाउन सकिँदो रहेछ भन्ने लागेको छ ।  उनीसँग अह...

कर्णालीका विद्युत नपुगेको क्षेत्रमा सौर्य ऊर्जा मार्फत सेवा दिइने access_timeसाउन १३, २०७९

कर्णाली प्रदेशका जाजरकोट, डोल्पा, हुम्ला र मुगुमा सौर्य ऊर्जा मार्फत उज्यालो पुर्याउन सहकार्य हुने भएको छ । बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालयको सहकार्यमा विद्युत नपुगेका ठाउँमा सौर्य ऊर्जा मार्फत काम गर्ने सहमति भएको हो । ऊर्जाम...

Page 1 of 7