देशभक्ति
गाउँ गाउँमा देशभक्तिको उर्जासन्चार
दुई दिनअघि म आफ्नो गाउँमा पुगेको थिएँ । साँझको समय थियो । घर पुग्नुअघि एकजना साथीकोमा पुगेँ । म पुग्दा मित्रका आँगनमा टन्नै मानिस थिए । परम्परागत नाचसहितको भजन घन्किरहेको थियो । ‘ए हो हो पहिला आरती !’ भट्ट्याउने गुरु कराए, ‘हाम्रा वीर पुर्खाल...