निर्वाचन

मधेस प्रदेशमा १८ पूर्वमन्त्री पराजित access_timeमंसिर १७, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित भएका छन् । कतिपय पूर्वमन्त्री नयाँ अनुहारसँग पराजय भए भने कतिपयलाई अघिल्ला प्रतिस्पर्धीबाट हार बेहोर्नुपरेको छ । सबैभन्दा बढी धनुषामा मात्रै छ जना पूर्वमन्त्री पराजित भ...

गुजरातमा विधान सभा निर्वाचन सुरु access_timeमंसिर १५, २०७९

गुजरात विधानसभा चुनावको पहिलो चरणको मतदान सुरु भएको छ । १८२ सदस्यीय विधानसभाको ८९ सिटमा मतदान भइरहेको छ । पहिलो चरणमा ७८८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । दोस्रो चरणको निर्वाचन डिसेम्बर ५ मा हुनेछ र नतिजा डिसेम्बर ८ मा घोषणा हुनेछ । चुनावअघि गुजरातको वांस्दा...

स्याङ्जा र बाजुरामा सत्तापक्षको सेटिङलाई निर्वाचन आयोगले वैधता प्रदान गर्‍यो : महासचिव पोखरेल access_timeमंसिर १५, २०७९

नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले गरेको धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गरेको आरोप लगाएका छन् ।  स्याङ्जा र बाजुरामा पुनः निर्वाचन गर्न एमालेले गरेको मागको वेवास्ता गरेको सन्दर्भमा पोखरेलले यस्तो आरोप लगाएका हुन् । उनले सामाजि...

दोलखाका १० मतदान केन्द्रमा मतदान जारी access_timeमंसिर १५, २०७९

दोलखाका १० वटा मतदान केन्द्रमा आज  पुनः मतदान भएको छ । बुथ कब्जा भएको भन्दै विवाद हुँदा स्थगित भएको मतदान आज पुनः सुरु भएकाे हो ।   बिहान ७ बजेदेखि सुरु भएकाे मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । १० मतदान केन्द्रमा कुल ८ हजार ५१४ मतदाता र...

झापामा प्रदेशभन्दा प्रतिनिधिसभातर्फको बदर मत बढी access_timeमंसिर १३, २०७९

झापामा प्रतिनिधिसभाको भन्दा प्रदेशसभाको प्रत्यक्षतर्फ बदर मत कम भएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार तीन सय छ मध्ये २३ हजार नौ सय ६० मत अर्थात् पाँच दशमलव ८१ प्रतिशत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।  निर्वाचन कार्यालयका प्रमु...

सुदूरपश्चिम प्रदेश : प्रदेशसभा सदस्यमा अधिकांश नयाँ अनुहार access_timeमंसिर १३, २०७९

मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान दुई सदस्य प्रतिनिधिसभामा र चार सदस्य प्रदेशसभा सदस्यमा पुनःनिर्वाचित भएका छन् । प्रदेशसभाका निवर्तमान चार सदस्य भने यसपटकको चुनावमा पराजित भए। निर्वाचन अधिकृतको कार्यालयका अनुसार विसं २०७४ को न...

स्याङ्जा घटना : इन्सेकले भन्यो बुथ कब्जाको आरोप पुष्टि हुने आधार छन् access_timeमंसिर ११, २०७९

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले स्याङजामा बुथ कब्जा भएको आरोप पुष्टि हुने आधार भेटिएको बताएको छ ।  अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका दलले लगाएको बुथ कब्जाको आरोप पुष्टि हुने आधार ...

नवनिर्वाचित जनप्रतिनिधि :  खुसी साट्दै, मतदातालाई धन्यवाद दिँदै access_timeमंसिर ११, २०७९

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा  तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन थालेका छन् । बागलुङ–१ र २ मा नवनिर्वाचित प्रदेश तथा प्रतिनिधिसभा सांसद घरदैलोमा पुगेर धन्यवाद दिन थालेका...

म्याग्दीमा मतदाता शिक्षा  प्रभावकारी हुन सकेन, छ प्रतिशतसम्म मत बदर access_timeमंसिर ११, २०७९

यही मङ्सिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा तीनदेखि छ प्रतिशत मत बदर भएको छ । विसं २०७४ चुनावका तुलनामा बदर मतको दर घटे पनि मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ । समानुपातिक मतपत्र धेरै बदर भएको छ । प्रतिनिधिसभाको तुलनामा प्रदेश...

बागलुङमा बदर मत घट्यो access_timeमंसिर ११, २०७९

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बागलुङ जिल्लामा ४।५२ प्रतिशत मत बदर भएको छ । गत स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत बदर भएकामा अहिले मत बदर सङ्ख्या कम भएको हो   ।  जिल्लामा खसेको एक लाख पाँच हजार आठ सय ४६ मतमध्ये चार हज...

तनहुँमा समानुपातिकतर्फ कांग्रेस पहिलो access_timeमंसिर ११, २०७९

तनहुँ जिल्लामा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो भएको छ । जिल्लाका दुवै प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिकमा धेरै मत प्राप्त गरी कांग्रेसले अग्रता लिएको  हो । तनहुँ–१ र २ तर्फ कांग्रेसले ४२ हजार तीन सय ५२ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा एमालेले ३९ हज...

यी हुन् प्रतिनिधिसभातर्फ प्रत्यक्षमा जितेका कांग्रेसका ५२ उम्मेदवार access_timeमंसिर ११, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज बिहान ६ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ५४ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।  प्राप्त मतपरिणामअनुसार हालसम्म नेपाली क...

मधेस प्रदेश : प्रतिनिधिसभाका चार स्थानको नतिजा आउन बाँकी, कहाँ को अगाडि ? access_timeमंसिर १०, २०७९

मधेस प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अब चार स्थानको नतिजा आउन बाँकी छ । अहिलेसम्म २८ स्थानको नतिजा सार्वजनिक भएको छ । नतिजा आउन बाँकी चार स्थानमध्ये एक स्थानमा नेपाली कांग्रेस, दुई स्थानमा माओवादी केन्द्र र एक स्थानमा जनता समाजवादी पार्टी (ज...

कर्णाली : मुख्यमन्त्रीका आकाङ्क्षी ८ मध्ये ६ जना निर्वाचित ! access_timeमंसिर १०, २०७९

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बन्ने लाइनमा रहेका ६ जना निर्वाचित भएका छन् ।   निर्वाचन तोकिएसँगै मुख्यमन्त्रीको आकाङ्क्षी स्वरूप चुनावी मैदानमा होमिएका ८ जना नेताहरू मध्ये ६ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।  भावी मुख्यमन्त्रीको रु...

रुपन्देही ३ मा दीपक बोहोराको अग्रता कायमै, पछि परे गृहमन्त्री खाण access_timeमंसिर १०, २०७९

रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री एव नेपाली काँग्रेसका उम्मेदवार  बालकृष्ण खाण पछि परेका छन् ।  निर्वाचन कार्यालयको पछिल्लो परिणाम अनुसार राप्रपाका दीपक वोहोराले  ३२ हजार ८४८ मत प्राप्त गरेका छन् । खाणले ३१ हजार ६ मत प्राप्त गरेका छन्। 

प्रतिनिधिसभा समानुपातिक मत : एमालेको अग्रता कायमै access_timeमंसिर १०, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा एमाले ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले आज विहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले १६ लाख ३२ हजार छ सय ६४ मत प्र...

कास्कीको प्रतिनिधिसभातर्फ तीन वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी access_timeमंसिर ९, २०७९

प्रतिनिधि सभा तर्फ कास्कीबाट ३ वटै क्षेत्र एमाले उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ मा मन बहादुर गुरुङ विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका किशोरदत्त बराललाई पराजित गरे । गुरुङले २५ हजार ७ सय ८ मत ल्याउँदा बराल २३ हजार १ सय ८९ मतमा ल्याएका हुन् ।   &...

धनुषा–३ (२) मा एमालेका ठाकुर निर्वाचित access_timeमंसिर ९, २०७९

धनुषाको निर्वाचन क्षेत्र नं ३ (२) बाट नेकपा एमालेका दीपेन्द्रकुमार ठाकुर प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का परमेश्वर साहलाई एक हजार चार सय तीन मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।  ठाकुरले ...

मुख्यमन्त्रीका दाबेदारलाई हराए जनमतका उम्मेदवारले access_timeमंसिर ९, २०७९

सिरहा २ (क) मा प्रदेश सभा सदस्यका उम्मेदवार एवं जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं मधेस प्रदेश सरकारका कृषि मन्त्री विजय यादवलाई जनमत पार्टीका केन्द्रीय सचिव सञ्जय यादवले पराजित गरेका छन् ।  सञ्जय यादवले १२ हजार १७१ मत ल्याएका छन् भने जसपाका कोषाध्यक्ष ...

कैलाली–५ : नारदमुनिलाई पराजित गर्दै कांग्रेसका डिल्लीराज निर्वाचित access_timeमंसिर ९, २०७९

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन्। आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले का नारदमुनि रानालाई नौ सय ५८ मतान्तरले पराजित गरी उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । जम्मा ६५ हजार छ सय १३ मतमध्ये विजयी भएका पन्तल...

Page 1 of 24