बाढी पहिरो

काठमाडौं र भक्तपुरमा रातभर भारी वर्षा, खोलामा बाढी कायमै access_timeसाउन २५, २०७९

गएराति काठमाडौं उपत्यकाको अधिकांश स्थानमा भारी वर्षा भएको छ । भक्तपुरको नगरकोट, काठमाडौंको धाप, सुन्दरीजललगायतका विभिन्न क्षेत्रमा भारी वर्षा भएको हो ।  जसको प्रभावले आज विहान पनि पुण्यमति, हनुमन्ते, मनोहरा र वाग्मतीमा पानीको बहाव उच्च  देखिएको छ । यी न...

बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध access_timeसाउन २२, २०७९

निरन्तरको वर्षापछिको बाढी र पहिरोका कारण सिन्धुपाल्चोकको हेलम्बु राजमार्ग अवरुद्ध भएको छ ।  निरन्तर वर्षाको कारण हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची-तालामाराङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै स्थानीयलाई हिँडडुलमा समेत समस्या भएको छ ।  ...

बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध access_timeसाउन २१, २०७९

लगातारको वर्षापछि आएको बाढीका कारण हेलम्बु–मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ । ग्यालथुम, चनौटे, तालामाराङ, सिम खेतलगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको हो ।  सडक अवरुद्ध भएपछि काठमाडौंसम्म चल्ने सार्वजनिक...

मेलम्ची तटीय क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह access_timeसाउन २१, २०७९

सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ ।   यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ । बाढी पूर्वानुमान ...

बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै access_timeसाउन २१, २०७९

बाढीको त्रासले कैलालीको भजनी नगरपालिकामा सयौँ बिघा जमिन बाँझै राखिएको छ । हरेक वर्ष बाढी आउने भएकाले भजनीको हुलाकी सडक आसपासका केही जमिन, ३, ५, ७, ८ लगायतका वडामा सयौँ बिघा जमिन बाझो राखिएको किसान बताउँछन् ।  बाढीको समस्या झेल्दै आएका भजनीका किसानले...

बाढीको सूचना दिन हेरालु परिचालन access_timeसाउन १९, २०७९

म्याग्दीका प्रमुख नदीमा बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु परिचालन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार स्थानीय तहहरुले कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा बर्खामा आउने बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु व्यवस्थापन गरेका हुन् ।  प्रमुख...

कैलालीका ३५० पहिरोपीडित परिवारको त्रिपालमुनि बास access_timeसाउन १२, २०७९

कैलालीको चुरे गाउँपालिकाका पहिरो प्रभावित ३५० बढी परिवार पुनःस्थापना नहुँदा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । उनीहरु दुई वर्षदेखि चुरे–४ स्थित राष्ट्रिय वनमा अस्थायी टहरो बनाएर त्रिपालमुनि बस्दै आएका छन् । गत र अघिल्लो वर्षको साउनमा आएको पहिराले ती परिवार विस्...

चितवन र पर्सामा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह access_timeसाउन १२, २०७९

आज देशभर मनसुन सक्रिय देखिएको छ ।  चितवन र आसपासका क्षेत्रका भारी वर्षा भएको छ । चितवनको माडी क्षेत्रको छर्छरे कल्याणपुर, वनकट्टा, गोविन्दबस्ती र आसपासको क्षेत्रमा भारी वर्षा भएको वर्षा बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  सो क्षेत्र भएर बहने रिउखोला र अन्...

रामेछाप स्थित खिम्ती खोलाकाे जलसतहले सतर्कता तह पार गर्‍यो access_timeसाउन १०, २०७९

रामेछाप स्थित खिम्ती खोलामा जलसतहले सतर्कता तह पार गरेको छ । रसनालु जल मापन केन्द्रमा जलसतहले सतर्कता पार गरेपछि तटीय क्षेत्रका बासिन्दालाई अलर्ट एसएमएस पठाइएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार त्यहाँ थप वर्षा हुने भएकाले जलसतह थप बढ्नसक्ने जोखिम छ । सोमबार र...

बाँके र बर्दियामा भारी वर्षा, आकस्मिक बाढीको जोखिम access_timeसाउन ४, २०७९

बाँके र बर्दियाका धेरै स्थानहरूमा आज बिहान भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार बाँकेका ढकेरी र खजुरा, बर्दियाका राम्बापुर, रानीजरुवा नर्सरी र गुलरिया तथा आसपासका धेरै स्थानहरूमा भारी वर्षा मापन गरिएको हो...

कैलालीको मोहना नदीले सतर्कता तह पार गर्यो access_timeअसार २५, २०७९

कैलालीको धनगढी स्थित मोहना नदीमा पानीको सतहले खतराको तह पार गरेको छ ।  बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहानदेखि नदीमा पानीको सतहले खतराको तह पार गरेको हो । मोहना नदीमा बाढी आएपछि तटीय क्षेत्रहरू तथा डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क हुन आग्रह ग...

कैलालीका बाढीपीडित किसानलाई राहत रकम हस्तान्तरण access_timeअसार १८, २०७९

गत वर्ष कात्तिक महिनामा आएको बाढीले पाकेको धान खेती गुमाएका कैलालीका बाढी पीडित किसानलाई राहत वितरण थालिएको छ ।  गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्ति स्वरूप राहत रकम पाइरहेका छन् । प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम भजनी नगरपालिकाले वितरण ...

चितवनका ५० हजार परिवार बाढीको जोखिममा access_timeअसार १६, २०७९

चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।  जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढ...

सप्तकोशीमा पानीको बहाव १ लाख ४१ हजार क्युसेक पुग्यो access_timeअसार १५, २०७९

मंगलबारदेखि लगातार परेको बाढीका कारण प्रदेश १ को झापा र मोरङ बढी प्रभावित भएको छ ।  १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले दिएको जानकारी अनुसार झापाको कन्काई, माइ र बिरिङ खोलामा आएको बाढीका कारण केही वस्तीलाई अलर्ट गराइएको छ । &nb...

बाढी–पहिरोबाट २० लाख मानिस प्रभावित हुने, ५ लाखलाई उद्धार गर्नुपर्ने प्रक्षेपण access_timeअसार १३, २०७९

मनसुनका कारण आउने बाढी र पहिरोका कारण यस वर्ष २० लाख मानिस प्रभावित हुने आँकलन गरिएको छ । जेठ २३ बाट नेपालमा मनसुन सक्रिय छ । कुल प्रभावित मध्ये ५ लाख मानिसलाई उद्धार र राहतको व्यवस्था गर्नुपर्ने प्रक्षेपण गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका...

ब्राजिलमा बाढीबाट २८ जनाको मृत्यु access_timeमाघ २०, २०७८

ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि २८ पुगेको अधिकारीहरुले जनाएका छन् । यहाँ अविरल वर्षासँगै आएको बाढीमा परी २८ जनाको ज्यान गइसकेको उद्धारसम्बन्धी अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार ब्राजिलमा गएका केही दिनदेखि वर्षा कायमै छ । वर्षापछि...

बाढी पहिरोको कहर : १५ पक्की पुल ढले, २३ वटा झोलुङ्गे पुल बगे access_timeअसार २०, २०७८

बर्खा शुरु हुँदा नहुँदै देशका विभिन्न स्थानमा अति वर्षाका कारण आएको बाढी पहिरोको वितण्डा मच्चिदा ठूलो जनधनको नाश भएको छ । सङ्घीय राजधानी केन्द्रकै नजिक रहेको सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु होस् या त चितवन, तनहुँ, मनाङ र पूर्वको उदयपुर, मोरङ, सिराहामा गएको बाढी...

बागलुङ बाढी : फोनले बच्यो धेरैको ज्यान access_timeभदौ १९, २०७७

पोखरा – यहाँ बाढी आउँला भन्ने कल्पनासमेत गरिएको थिएन । भुजीखोला जति ठूलो आए पनि आसपासको क्षेत्र बगर बनाउने गरे पनि माथि नै आउने अवस्था थिएन । अहिले कसरी बस्तीमै आयो भन्ने कल्पनासमेत गर्न सकिएको छैन– उद्धारमा पुगेका अनिल विश्वकर्माले भने । स्थानीयवासी...

विपतमा मृत्यु हुनेको परिवारलाई २ लाख उपलब्ध गराउने सरकारको निर्णय access_timeसाउन १५, २०७७

काठमाडौं । सरकारले बाढी, पहिरो तथा डुबानजस्ता विपतमा मृत्यु हुनेको परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । परिवारमा एकजना सदस्यको विपदमा परि मृत्यु भएमा २ लाख र अन्य व्यक्तिको मृत्यु भएमा त्यसमा थप एक लाख रुपैयाँ राहत दिइने सरकारका प्रवक्ता डा.युवराज ख...

मनसुन सुरुवातसँगै १२३ जनाको मृत्यु, ४६ अझै बेपत्ता access_timeसाउन ६, २०७७

काठमाडौं । अविरल वर्षासँगै सुरु भएको मनसुनका कारण ठुलो जनधनको क्षति भएको छ । जेठ ३० मा मनसुन सुरु भएपछि देशभर १२३ जनाले ज्यान गुमाएका छन् । साना–ठुला पहिरोका कारण देशभरका विभिन्न राजमार्ग, सहायक राजमार्ग र ग्रामिण सडकमा ठुलो क्षति पुगेको छ । पछिल्लो त...

Page 1 of 2