मृत्यु

मतदानका लागि लाइन बसेका वृद्धको मृत्यु access_timeमंसिर ४, २०७९

मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्‍न  मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो । मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको शव आफन्तलाई बुझा...

भिरबाट लडेर एक महिलाको मृत्यु access_timeकात्तिक ३०, २०७९

जुम्लाको तिला गाउँपालिका ९ मालापानीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।  अन्दाजी ३० वर्षीया ललिता थापाको भिरबाट लडेर मृत्यु भएको हो । खेतबारीमा मल पुर्याएर घर फर्कदै गरेकी ललिता घर नजिकै भाडाकानी भन्ने स्थानमा लडेकी थिइन् ।  स्थानीय मोतिराम ब...

भीरबाट लडेर गाउँपालिका कर्मचारीको मृत्यु access_timeकात्तिक २७, २०७९

खर काट्ने क्रममा भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ ।  जिल्लाको सिगास गाउँपालिका-८ की २७ वर्षीय सरस्वती धामी, बोहराको खर काट्ने क्रममा शनिबार लुपुड भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको सिगास गाउँपालिकाका प्रवक्ता अमरसिंह धामीले जानकारी दिए । मृत...

जेल सजाय कटाइरहेका खपाङ्गीको मृत्यु access_timeकात्तिक १६, २०७९

जबर्जस्ती करणी मुद्दामा जेल सजाय कटाइरहेका एक कैदीको विराटनगर स्थित कोशी अस्पतालमा मृत्यु भएको छ ।  मृत्यु हुनेमा तेह्रथुम आठराई ४ का ५४ वर्षीय मानबहादुर खपाङ्गी रहेका छन् ।  विराटनगर स्थित मोरङ जिल्ला कारागारमा उनले कैद सजाय भुक्तान गरिरहेका थिए । पेट ...

कालिकोटमा भीरबाट लडेर एकको मृत्यु access_timeकात्तिक १२, २०७९

कालिकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार भीरबाट लडेर तिलागुफा नगरपालिका-७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृत्यु भएको हो । महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरबाट  फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उनको  ज्यान...

धान काट्न जाँदा अरिङ्गालले टोकेर आमा–छोरीको मृत्यु access_timeकात्तिक १, २०७९

सल्यानमा अरिङ्गालले टोकेर आमा–छोरीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सल्यानको सिद्ध कुमाख गाउँपालिका–१ की २१ बर्षीया शोभा बस्नेत बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकी रहेको सल्यान प्रहरीले जानकारी गराएको छ । उनीहरु धान काट्न खेतमा ...

माटोको ढिस्कोले पुरिएर सासूको मृत्यु, बुहारी घाइते access_timeकात्तिक १, २०७९

रौतहटको कटहरिया नगरपालिका अन्तर्गत वडा २ जमुनिया गाउँमा माटोको  ढिस्कोमा पुरिएर सासूको मृत्यु भएको छ भने बुहारी घाइते भएकी छिन् । हिन्दुहरुको महान पर्व दीपावली र  छठका लागि घर लिपपोत गर्न गाउँको उत्तरपट्टी माटो लिन गएकी स्थानीय धनराज चौधरीको ६५ वर्षीय...

मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते access_timeकात्तिक १, २०७९

झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प १६०४ नंको मोटरसाइकल र विपरीत दिशाबाट ज...

पाल्पामा अरिङ्गाल पोल्ने क्रममा  एक जनाको मृत्यु access_timeअसोज २९, २०७९

पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर  एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउँ गाउँपालिका २ हापुरेका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको प्रहरीले जनाएको प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी कार्यलय पाल्पाका अनुसार उक्त गाउँको तारे जंगलमा  सालको र...

अरिङ्गालको टोकाइबाट एकको मृत्यु, दुई जना घाइते access_timeअसोज २९, २०७९

अरिङ्गालको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको मृत्यु भएको छ । बाटो हिँडिरहेको अवस्थामा शुक्रबार बाटो नजिकै रहेको गोलाबाट निस्केको अरिङ्गालले टोक्दा परियारको घटनास्थलमै मृत्यु भाएको हो । ...

गौर-चन्द्रपुर सडकखण्डको नालामा खसेर एक जनाको मृत्यु access_timeअसोज २६, २०७९

चन्द्रपुर गौर सडकखण्ड अन्तर्गत जयनगर चौक स्थित निर्माणाधीन नालाको खाल्डोमा खसेर एकजनाको मृत्यु भएको छ। गौर चन्द्रपुर सडकखण्डको जयनगर हस्पिटल निर्माणाधीन कल्भर्टको  खाल्डोमा खसेर आज बिहान ८ बजे देवाही गोनाही नगरपालिका-३ देवाही निवासी रामएकबाल साह तेलीको मृत्यु भएको ...

करेन्ट लागेर वीरगञ्जमा २ जनाको मृत्यु access_timeअसोज २५, २०७९

पर्साको वीरगञ्जमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धोबिनी गाउँपालिका–३ घर भएका ३० वर्षीय सैफुल्ला अन्सारी र वीरगञ्ज महानगर–९ रानिघाट घर भएका ६० वर्षीय ध्रुव प्रसाद शाह छन् ।   वीरगञ्ज महानगरपालिका–२६ मा घर प्लाष्टर गरिरहेका ...

हवाई उद्धार हुन नसक्दा गर्भवतीको मृत्यु access_timeअसोज २५, २०७९

चार दिनदेखि  रक्तश्रावले चटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ । खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर  हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्याधिक रक्तश्रावबाट मृत्यु भएको हो । ...

मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु access_timeअसोज २२, २०७९

मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर-९ धुरु भिरबाट लडेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार मनहरी...

असई यादव मृत फेला access_timeअसोज २१, २०७९

सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका एक प्रहरी सहायक निरीक्षक (असई) बिहीबार दिउँसो भारतीय भूमिमा मृत फेला परेका छन् । असई सत्यनारायण यादव सिमावर्ती विहार राज्यको मधुवनी जिल्ला अन्तर्गत जिरोगा ग्राम पंचायत अर्नाहास्थित घोडदह खोलामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहर...

खोलाले बगाएर पाल्पामा एक बालिकाको मृत्यु, दुई जनाको उद्दार access_timeअसोज २१, २०७९

पाल्पा जिल्लाको रिब्दीकोटमा खोलाले बगाउँदा एक बालिकाको ज्यान गएको छ । रिब्दीकोट गाउँपालिका वडा ६ ठिमुरेस्थित मन्दी खोलाले बगाउँदा रिब्दीकोट–५, नयाँ टोलकी ५ वर्षीया प्रिन्सु पचभैयाको मृत्यु भएको पाल्पा प्रहरीले जानकारी दिएको छ । बिहीबार बेलुकी पाँच बजेतिर नय...

कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु access_timeअसोज १३, २०७९

कैलालीकाे गौरीगंगा नगरपालिका–४ राजीपुर बस्ने ५२ वर्षीया जयकला खत्रीको माटोको ढिस्कोमा पुरिएर बुधबार साँझ मृत्यु भएको छ ।  सोही ठाउँ स्थित जनता आधारभूत विद्यालयको जमिनमा घर पोत्नको लागि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर उनी पुरिएको प्रहरीले ज...

करेन्ट लागेर रौतहटमा एक महिलाको मृत्यु access_timeअसोज १३, २०७९

करेन्ट लागेर रौतहटमा एकजना महिलाको मृत्यु भएको छ। जिल्लाको पश्चिम भेगको फतुवा विजयपुर नगरपालिका ५ डुमरियाका गगनदेव महतोको ५० वर्षीय श्रीमती जसोधियादेवी महतोको करेन्ट लागेर मृत्यु भएको हो।  आफ्नै खेतमा लगाइएको बालीलाई जंगली जनावरबाट बचाउन लगाएको विद्युतको...

गाडी मुनि खेल्न पुगेका १७ महिने बालकको किच्चिएर मृत्यु access_timeअसोज ७, २०७९

भक्तपुरको मध्यपुर थिमि लोकन्थली त्रिपुरासुन्दरी ग्रिल उद्योग अगाडि शुक्रबार खेल्दा खेल्दै गाडी मुनि पुगेका एक १७ महिने बालकको गाडीले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-५ घर भई हाल लोकन्थली बस्ने केशवलाल श्रेष्ठको छोरा १७ महिनाको स...

जापानिज इन्सेफ्लाइटिसका कारण वृद्धाको मृत्यु access_timeभदौ ३०, २०७९

चितवन जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धा रहेकी छिन् । उपचार गरेर घर फर्किए पछि उहाँको मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँका अनुसार हालसम्म जिल्लामा ...

Page 1 of 16