Football

निर्णायक भिडन्तमा मनाङ र मछिन्द्र access_timeपुस ७, २०७८

नियमित र वार्षिक तालिका नहुँदा यसपटक सहिद स्मारक ‘ए’ डिभिजन लिग ढिला हुन पुग्यो । कोरोना महामारी बहाना पनि बन्यो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो वार्षिक तालिका सार्वजनिक गर्न नसक्दा घरेलु प्रतियोगिताहरू लथालिंग हुने गर्दछ । अहिले यस्तै भएको छ । ...

सिटीको विवादास्पद जीत access_timeमंसिर २५, २०७८

साबिक विजेता म्यानचेस्टर सिटीले १० खेलाडीमा सीमित वुल्भ्समाथि संघर्षपूर्ण जीत हासिल गरेको छ । राहिम स्टर्लिङले विवादास्पद पेनाल्टीबाट खेलको एक मात्र गोल गर्दै सिटीलाई जीत दिलाएका हुन् । प्रिमियर लिगमा उनको यो १ सयौँ गोल थियो । जोआ मोन्टिन्होले बर्नार्डो सिल्भाको क्रसमा...

लिकटेन्स्टाइनको पोस्टमा जर्मनीको ९ गोल access_timeकात्तिक २६, २०७८

जर्मनी १० खेलाडीका सिमित लिकटेन्स्टाइनलाई विश्वकप छनोटमा ९–० ले पराजित गरेको छ । यसअघि नै कतार विश्वकपका लागि छनोट भइसकेको जर्मनीले हान्सी फ्लिकले प्रशिक्षणमा लगातार ६ खेल जितेको हो ।  डिफेन्डर निकलास सुलेलाई कोभिड संक्रमण भएपछि फ्लिकले टोलीमा ५ खेलाडी प...

मेयर कप भेट्रान्स फुटबल : फर्पिङ स्पोर्टस डेभलपमेन्टको विजयी सुरुवात access_timeकात्तिक ८, २०७८

फर्पिङ स्पोर्टस डेभलपमेन्टले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा फर्पिङले फुटबल फेलोसिपलाई ११–० गोल अन्तरले पराजित गरेको हो । फर्पिङको जितमा निरज श्रेष्ठले चार गोल गर्दा गणेश लावतीले ह्...

कतारमा हुने विश्वकप स्वस्थ बनाउने घोषणा access_timeकात्तिक २, २०७८

कतारमा हुने आगामी विश्वकपलाई जनस्वास्थ्यका दृष्टिकोणबाट स्वस्थ खेल समारोह बनाउने घोषणा भएको छ । विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा कतार सरकारका प्रतिनिधि र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुले संयुक्तरुपमा ‘स्वस्थ विश्वकप २०२२’ को घोषणा गरेका हुन् । ज...

साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई हरायो access_timeअसोज १५, २०७८

माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले आयोजक माल्दिभ्सलाई १–० ले हराएको हो । मनिष डाँगीले खेलको ८६ मिनेटमा नेपालबाट निर्णायक गोल गरे ।   यसअघि आजै सम्पन्न अर्को खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले ह...

साफ च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध कस्तो रहला  नेपालको प्रदर्शन ? access_timeअसोज १५, २०७८

साफ च्याम्पियनसिप फुटबलमा आज आयोजक माल्दिभ्स र नेपालबीच भिडन्त हुँदैछ । यो खेल नेपाली समयअनुसार ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ । राउन्ड रोबिन लिगका आधारमा हुने यस संस्करणको प्रतियोगितामा पाँच टिम सहभागी छन् । सहभागी पाँच टिममध्ये शीर्ष स्थानमा रहने दुई टिमले उपाधिका...

नेपाल र भारतबीचको खेल सुरु, किरणको नयाँ कीर्तिमान access_timeभदौ २०, २०७८

नेपाल र भारतबीचको दोस्रो मैत्रिपूर्ण फुटबल खेल दशरथ रंगशालामा सुरु भएको छ । खेलमा नेपालको कप्तानी किरण चेमजोङले गरेका छन् ।  यस खेलसँगै कप्तान किरणले नेपालको जर्सीमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन् । सन् २००८ यता उनले ७३ खेल खेलिसकेक...

नेपाल भर्सेस भारत : रोमाञ्चक खेलका तस्बिर access_timeभदौ १७, २०७८

नेपाल र भारतबीचको पहिलो मैत्रिपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा टुंगिएको छ । खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, नेपालले आफ्नो अग्रता दोस्रो हाफमा गुमायो । दोस्रो हाफको ६० मिनेटमा सुनील क्षेत्रीको सटलाई नेप...

नेपालसित मैत्रीपूर्ण फुटबल खेल्न भारतीय टोली काठमाडौँमा access_timeभदौ १४, २०७८

नेपालसित मैत्रीपूर्ण फुटबल खेल्नका लागि भारतीय टोली आज काठमाडौँ आइपुगेको छ । भारतीय टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोली नेपाल...

नेपालले भारतसित मैत्रीपूर्ण फुटबल खेल्ने access_timeसाउन २२, २०७८

नेपाली फुटबल टोलीले भारतसित आगामी महिना दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।  नेपालले भदौ १७ र २० गते भारतसित मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने छ । भारतीय फुटबल सङ्घले मैत्रीपूर्ण ...

फुटबलको बन्द प्रशिक्षण एक सातापछि access_timeअसार १७, २०७८

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण एक सातापछि शुरु हुने भएको छ । आजदेखि प्रारम्भ हुने तय भएको प्रशिक्षण यही असार २३ गतेदेखि शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । साफ फुटबल च्याम्पियनसिप र एएफसी एशियन कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि ५० खेल...

विश्वकप छनोटमा नेपाल विजयी access_timeजेठ २०, २०७८

विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमा...

चाइनिज ताइपेइविरुद्ध नेपालको अग्रता access_timeजेठ २०, २०७८

विश्वकप २०२२ र एशियाकप २०२३ को छनोट खेलमा अहिले नेपाल र चाइनिज ताइपेई बीच प्रतिस्पर्धा भइरहेको छ । कुवेतमा जारी यस खेलमा पहिलो हाफमा नेपालले एक शून्यको अग्रता लिएको छ । अन्जन विष्टले खेलको चौथो मिनेटमै पेनाल्टीमार्फत नेपाललाई अग्रता दिलाएका हुन् । 

विश्वकप छनोट खेल खेल्न नेपाली टोली कुवेतमा access_timeजेठ १७, २०७८

विश्वकप फुटबलको छनोट खेल खेल्न नेपाली टोली कुवेत पुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटको बाँकी खेल नेपाली टोली कुवेत पुगेको हो ।  इराकसितको मैत्रीपूर्ण खेल खेलेर टोली त्यहाँबा...

विराटनगरलाई हराउँदै एपीएफ फाइनलमा access_timeबैशाख १, २०७८

विराटनगर । विराटनगरमा जारी छैठौं विराट गोल्डकपमा विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाडौं फाइनलमा प्रवेश गरेको छ ।  सहिद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ लाई  ३–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।...

‘आहा रारा गोल्ड कप’: अफ्रिकन रुटद्वारा मछिन्द्रलाई २–१ गोल अन्तरले पराजित access_timeचैत २२, २०७७

पोखरा । १९ औ संस्करणको ‘आहा रारा गोल्ड कप’ प्रतियोगितामा अफ्रिकन रुट एसोसिएसन क्लब २–१ गोल अन्तरले विजयी भएको छ । राष्ट्रिय ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब काठमाडौंलाई अफ्रिकन एसोसिएसन क्लबले २–१ गोल अन्तरले पराजित गरेको हो ।  पोखर...

त्रिदेशीय कप फुटबलका विजेतालाई जनही चार लाख दिने निर्णय access_timeचैत २०, २०७७

काठमाडौं । सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही रु चार लाख दिने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकले विजेता खेलाडीलाई जनही रु चार/चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानका...

‘आहा–रारा गोल्ड कप’ प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा र एपिएफ भिड्ने access_timeचैत १९, २०७७

पोखरा । यही चैत २१ गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने ‘आहा रारा गोल्डकप’ को उद्घाटन खेलमा आयोजक सहारा क्लब र सशस्त्र प्रहरीको एपीएफ भिड्ने भएका छन् । बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा १९ औं संस्करणको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाका...

त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक–एक लाख दिने access_timeचैत १७, २०७७

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले आज विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो । दशरथ रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपा...

Page 1 of 2